महिलालाई आत्मनिर्भर बनाउँदै पर्वलक्षित हाट

विराटनगर : किनमेलका लागि आउने जानेको लर्को सकिने छाँटकाँट थिएन। अरु वेला पनि उत्तिकै व्यस्त रहने विराटनगरको पुरानो गुद्री बजार तिहार नजिकिएसँगै झनै व्यस्त र पाइलै हाल्न नसकिने गरी भीडम्भिड थियो। किनमेल गर्नेको भीड उर्लिएको बजारमा चाडपर्वलक्षित सामग्री बेचबिखन गर्नेमध्ये अधिकांश महिला देखिन्थे। गुद्रीको त्यही भीडको एउटा कुनामा मेरो आँखा पुगेपछि क्यामेराले पनि पछ्यायो। तस्वीर लिँदै गर्दा उनले मुसुक्क हाँस्दै भनिन्, ‘दिदी फेसबुकमा चैँ नहाल्दिनु ल!’उनीस

सम्बन्धित सामग्री

व्यावसायिक तालिमले विपन्न महिलालाई बनायो आत्मनिर्भर

गोरखा, २५ असोज । गोरखाको गण्डकी गाउँपालिका-२ फुलडाँडाकी सुमना सिर्मलको दैनिकी आजभोली धेरैजसो कुखुराको स्याहारसुसार र दानापानीमा बित्छ । कक्षा ५ सम्ममात्र पढेकी उनले घरसँगै जोडिएको सानो टहरामा बनाएको कुखुरा फार्ममा बोइलर जातको कुखुरा पाल्न थालेपछि दैनिकी फेरिएको हो । थोरै जग्गा जमिन र त्यसबाट हुने उब्जनीले तीनजनाको परिवार पुग्न धौधौ हुने भएपछि सिर्मलकी श्रीमान् […]

आत्मनिर्भर हुँदै महिला

दमौली– तनहुँको भिमाद नगरपालिका–६ का महिलाहरू आयआर्जनतर्फ अग्रसर भएका छन् । मातृ शिशु कल्याण आमा समूहमा आबद्ध महिला आत्मनिर्भर बन्न आयआर्जनतर्फ अग्रसर भएका हुन् । आमा समूहले सर्फ उद्योग सञ्चालनमा ल्याएका छन् । महिलालाई आत्मनिर्भर बनाउन सर्फ उद्योग सञ्चालन गरिएको आमा समूहकी सचिव सीता सुवेदीले जानकारी दिइन् । उनले भनिन्, ‘घरायसी काममा मात्रै व्यस्त हुने […]

महिलालाई आत्मनिर्भर बनाउन शीपमूलक तालीम

बैतडी । बैतडीको मेलौली नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि शीपमूलक तालीम सञ्चालन गरिरहेको छ । महिलालाई विभिन्न आयआर्जन काम गर्न सहज होस् भन्ने ध्येयले शीपमूलक तालीम सञ्चालनमा प्राथमिकता दिएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए । हाल वडा नं ४ मा तीनमहीने आधारभूत सिलाइकटाइ र सातदिने व्यावसायिक शीप विकास कुखुरापालन तालीम सञ्चालनमा छ । सिलाइकटाइ तालीम जीवन उपयोगी हुने भएकाले नगरले यस्ता कार्यक्रमलाई प्राथमिकतामा दिएको हो । सिलाइकटाइ तालीमका लागि वडाले एक लाख रुपैयाँ बजेट विनियोजन गरेको वडाध्यक्ष हर्कबहादुर चन्द जानकारी दिए । साथै नगरपालिका–७ मा महिलाका लागि सातदिने नेतृत्व तथा शीप विकास तालीम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय तथा सामाजिक विकास कार्यालय बैतडीको संयुक्त आयोजनामा तालीम सम्पन्न भएको हो । तालीममा आर्थिक स्थिति कमजोर भएका तथा एकल महिलालाई सहभागी गराइएको थियो । उनीहरूलाई स्वस्थ पोषण तरकारी खेतीको महत्त्व, तरकारीमा गहुँतको प्रयोग, मौसमी र बेमौसमी तरकारीखेती प्रविधि लगायत विषयमा जानकारी दिइएको थियो । तालीममा सहभागी महिलाको आर्थिक स्थिति सुधार र आयआर्जनका लागि सामाजिक विकास कार्यालय बैतडीले अनुदानस्वरूप रू. २० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । तालीममा पालिकाभरिका २० महिलाको सहभागिता थियो । रासस

महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनुपर्छ : अध्यक्ष थापा

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यका हरेक प्रतिनिधिमूलक क्षेत्रमा संविधानले नै महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गरेकाले त्यसलाई समुचितरूपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष थापाले पार्टीमा महिलालाई नेतृत्वदायी प्रतिनिधित्व गराउन आफूहरू गम्भीर रहेको […]

आत्मनिर्भर बनाउन महिलालाई ढाका बुनाई तालिम

महिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुरसँग साझेदारीमा स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको हो।...

महिलालाई आत्मनिर्भर बनाउँदै तिला गाउँपालिका

जुम्ला -जिल्लाको तिला गाउँपालिकाले पालिकाभित्रका महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियान थालेको छ। गाउँपालिका नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइकटाइजस्ता सीपमूलक तालिम दिएको र अनुगमनलाई पनि विशेष जोड दिएको तिला गाउँपालिका अध्यक्ष रोकायाले बताए। गत मङ्सिर २५ गतेदेखि सुरु भएको एकमहिने ढाका बुनाइसम्बन्धी पुनर्ताजकीय सीप विकास तालिम यहाँका महिलालाई दिएको पालिका उपाध्यक्ष […]

सीपमूलक तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउने प्रयासमा तिला गाउँपालिका

जुम्ला : जुम्लाको तिला गाउँपालिकाले पालिकाभित्रका महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियान थालेको छ। गाउँपालिकाका नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइ-कटाइजस्ता सीपमूलक तालिम दिएको र अनुगमनलाई पनि विशेष जोड दिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए। गत मङ्सिर २५ गतेदेखि सुरु भएको एकमहिने ढाका बुनाइसम्बन्धी पुनर्ताजकीय सीप…

सहकारीबाट आत्मनिर्भर ग्रामिण महिला

कनकासुन्दरी गाउँपालिका ५ लड्कु गाउँ निवासी ललिता उपाध्याय बिहान बेलुका भैसीकै स्यार सुसारमा व्यस्त हुन्छिन् । अघिपछि घरको चुलो चौकोमा सीमित हुने ललिता आजभोली व्यवसायीक बनेकी छिन् । गाउँघरमा पुरुषलाई घरको सबै आर्थिक अधिकार दिने र महिलालाई काममा जोताउने संकिर्ण प्रवृत्तिविरुद्ध दुर्गमका महिलालाई सहकारीले सचेत बनाएपछि आत्मनिर्भर बन्न थालेका छन् । ललितमात्र नभई कनकासुन्दरीका ४,५ […]

महिलालाई आत्मनिर्भर च्याउ खेती

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका विपन्न परिवारका महिलालाई आत्मनिर्भर बनाउन च्याउ खेतीतर्फ उन्मुख गराइएको छ । नगरपालिकाको कृषि शाखाले महिलालाई च्याउ खेतीसम्बन्धी तालिम प्रदान गरी व्यावसायिक बनाउन थालेको हो । २५ महिला समूह निर्माण गरी च्याउ खेतीबारे आवश्यक तालिमसँगै अनुदानमा कन्य जातको च्याउको बिउ र टनेल निर्माणका लागि सामग्री उपलब्ध गराउने कार्य भइरहेको कृषि शाखाका प्राविधिक सहायक करनसिंह बुढाऐरले बताए ।       ‘वडा–२, ३, ५, ८ र १२ का गरी १२५ जना महिलालाई तालिमका लागि छनोट गरी च्याउ खेतीका लागि आवश्यक सामग्री हस्तान्तरण गर्ने कार्य सुरु गरेका छौं’, उनले भने, ‘वडा–१२ र ८ मा तालिमसँगै अनुदान सामग्री उपलब्ध गराइसकेका छौं । अन्य वडामा तालिम सञ्चालन भइरहेका छन् ।’ तालिम लिएका महिलाले अनिवार्य रूपमा च्याउ खेती गरेको हुनुपर्ने सर्त राखिएको छ ।       विपन्न अवस्थाका महिलाको आर्थिक अवस्था सुदृढ गर्न कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उनले महिलालाई तालिमका क्रममा च्याउ खेतीका लागि पराल तयार गर्ने कार्यसँगै प्लास्टिक टनेल बनाउने, प्लास्टिकका थैलामा च्याउको बिउ राख्ने र बिउ राखिसकेपछि अपनाउनुपर्ने सावधानीबारे तालिमका क्रममा जानकारी दिने कार्य गरिँदै आएको बताए । तालिममा सहभागी महिलालाई तीन किलो ५०० ग्रामका दरले च्याउको बिउ, प्लास्टिक टनेल निर्माणका लागि आवश्यक प्लास्टिक र परालको पोकामा बिउ राख्न प्रयोग हुने प्लास्टिकका थैलासमेत अनुदानका रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको उनले जानकारी दिए । रासस

महिलालाई आत्मनिर्भर बनाउन पूर्वमन्त्री ज्ञवालीको जोड

पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासँग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागिता कस्मेटिक सहभागितामा मात्रै सीमित हुने बताएका छन् ।राजनीतिक दलहरु नयाँ नेतृत्व चयनका लागि आसन्न महाधिवेशनमा केन्द्रीत भइरहेका बेला नेकपा एमालेका सचिव ज्ञवालीले महिला सहभागीतालाई अर्थपूर्ण बनाउन महिला स्वयम्लाई आर्थिक आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका हुन् । राजनीतिक दलको पदाधिकारी र निर्णायक तहमा महिला […]