काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल, तारागाउँ रिजेन्सी हाेटल र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । यी तीन कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ७२४ दशमलव ०९ कायम भएको छ । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९६ दशमलव ५० मा अन्तिम कारोबार भएको थियो ।
त्यस्तै नेप्सेले तारागाउँ रिजेन्सी होटलको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ८३६ दशमलव ६३ कायम भएको छ । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८७० दशमलव १० मा अन्तिम कारोबार भएको थियो ।
नेप्सेले फर्स्ट माइक्रोफाइनान्सको ७ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६२२ दशमलव ३३ कायम भएको छ । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६६९ मा अन्तिम कारोबार भएको थियो ।
नेप्सेले यी तीन कम्पनीको बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यका आधारमा भोलि अर्थात् बिहीवार यी कम्पनीको शेयर कारोबार खुल्नेछ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था First Microfinance Laghubitta Bittiya Sanstha को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर ५ गते बुक क्लोज गरेकोले आज मूल्य संयोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ९२१ रुपैयाँ ८२ पैसा रहेको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १ हजार १४ रुपैयाँ थियो । कम्पनीले आज मङ्सिर ५ गते बुक क्लोज गरेकोले मङ्सिर २ गते म्म कायम सेयरधनिहरुले बार्षिक साधारणसभामा भाग लिन तथा स्वीकृत लाभांश प्राप्त गर्नेछन्। लघुवित्तले मङ्सिर १८ गतेको लागि १२ औं साधारणसभा आब्हान गरेको छ। लघुवित्तको संचालक समितिले आर्थिक बर्ष २०७७-०७८ मा १०।५३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। भदौ १९ गते बसेको संचालक समितिले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।यस अवधिमा लघुवित्तको चुक्तापुंजी ८७ करोड ६८ लाख ११ हजार २०० रहेको छ। १० प्रतिशत बोनस सेयर वितरणपश्चात लघुवित्तको चुक्तापुंजी ९५ करोड नाघ्नेछ।
मंसिर ५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतवार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ९२१ दशमलव ८२ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार १४ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर १६ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनीमा साधारण सभा आयोजना गरेको छ ।
मंसिर २, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर ५ गते बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर १६ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्याङ्क्वेट, भाटभटेनीमा साधारण सभा आयोजना गरेको छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था First Microfinance Laghubitta Bittiya Sanstha को लाभांश सुरक्षित गर्ने आज मङ्सिर २ गते बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ मङ्सिर ५ गतेको लागि बुक क्लोज मिति तय गरेकोले आज मङ्सिर ४ गतेसम्म कायम सेयरधनिहरुले बार्षिक साधारणसभामा भाग लिन तथा स्वीकृत लाभांश प्राप्त गर्नेछन्। लघुवित्तले मङ्सिर १८ गतेको लागि १२ औं साधारणसभा आब्हान गरेको छ। लघुवित्तको संचालक समितिले आर्थिक बर्ष २०७७-०७८ मा १०।५३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। भदौ १९ गते बसेको संचालक समितिले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।यस अवधिमा लघुवित्तको चुक्तापुंजी ८७ करोड ६८ लाख ११ हजार २०० रहेको छ। १० प्रतिशत बोनस सेयर वितरणपश्चात लघुवित्तको चुक्तापुंजी ९५ करोड नाघ्नेछ।
मंसिर १, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार (कात्तिक २ गते) सम्म रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर ५ गते बुक क्लोज गर्ने भएसँगै मंसिर २ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर १६ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्याङ्क्वेट, भाटभटेनीमा साधारण सभा आयोजना गरेको छ ।
कात्तिक १७, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मंसिर १६ गते १२औं साधारण सभा बोलाएको छ ।
सभा बिहान ११ बजे अम्रपाली ब्याङक्वेंट भाटभटेनीमा हुने कम्पनीले बताएको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, अधिकृत जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका मंसिर ५ गते (एक दिन) बन्द रहनेछ । यस आधारमा मंसिर २ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०७७/७८ सम्मको लाभांश घोषणा गरेको छ । माइक्रोफाइनान्सले वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। माइक्रोफाइनान्सको १९ भदौमा बसेको सञ्चालक समिति बैठकले […]
The post फर्स्ट माइक्रोफाइनान्सको १०.५३ प्रतिशत लाभांश घोषणा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
साउन २६, काठमाडौं । साउन २० गतेदेखि विक्रीमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको ८० हजार ५०० कित्ता संस्थापक शेयर साउन २६ गतेसम्मका लागि लिलामीमा विक्री खुला गरेको हो ।
प्रतिकित्ता रू. ३०० अंकित मूल्य तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएका बोलपत्र स्वतः रद्द हुने कम्पनीको भनाइ छ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा साउन २० गतेपश्चात सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् । यो शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
साउन २०, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८० हजार ५०० कित्ता संस्थापक शेयर आज (बुधवार)देखि लिलामीमा आएको छ ।
कम्पनीले ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर कार्यालय समयपश्चात लिलामीमा विक्री गर्न लागेको हो । प्रतिकित्ता रू. ३०० अंकित मूल्य तोकिएको यो शेयर खरीदका लागि साउन २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य तोकिएको बोलपत्र मात्र बाँडफाँटमा सहभागी गराइनेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएका बोलपत्र स्वतः रद्द हुने कम्पनीको भनाइ छ । उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा साउन २० गतेपश्चात सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् । यो शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।