काठमाडौँ– ढल मर्मतको क्रममा भेटिएको पुरातात्विक महत्वको शिलालेख तत्कालका लागि सुरक्षाका लागि पाटन दरबार संग्रहालयमा राखिएको छ। गएको सोमबार (पुस ५ गते) पाटन दरबार क्षेत्रको भीमशेन मन्दिर अगाडि ढल खन्ने क्रममा शिलालेख भेटिएको हो। पुरातत्व विभाग अन्तर्गतको फोटोग्राफी तथा डकुमेन्ट्री शाखाकी नर्वदा श्रेष्ठ प्राचीन अभिलेखसहितको शिलालेखको सुरक्षा–हेरचाह तथा त्यससम्बन्धमा भइरहेको अध्ययनको अनुगमनका लागि सोमबारदेखि नै […]