ललितपुर - पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र सांस्कृतिक सम्पदाहरू टेकोको भरमा अडिएका छन् । मङ्गलबजार, गाबहाललगायतको क्षेत्र आसपासमा ऐतिहासिक घरहरूलाई २०७२ सालको भूकम्पपछि टेको लगाइएको छ ।
कलात्मकरूपमा निर्माण गरिएका घरहरूमा परेवा र भँगेराले गुँड बनाएका छन् । राणाकालीन समयमा निर्माण गरिएका सांस्कृतिक सम्पदा तथा परम्परागत घरहरूलाई विसं १९९० को भूकम्पले केही क्षति गरेको थियो । विसं २०७२ सालको भूकम्पले क्षति पुर्याएको एक दशक बित्न लागिसक्यो तर पनि घरहरूलाई टेकोको भरमा अड्याइएको छ ।
...