दाङ – तीन दिन देखिको लगातार परिरहेको वर्षातका कारण दाङको देउखुरीका प्रायजसो बस्तीमा बाढी पसेको छ ।
अहिलेसम्म गढवा गाउँपालिका वडा नम्बर ५ लालपुर, लोखपुर गाउँमा खहरे खोलाको बाढी पसेको छ ।
यस्तै राप्ती गाउपालिका वडा नम्बर ५ लठ्हठा, पहरुवा गाउँमा बाढी पसेको छ ।
सुरक्षाकर्मीहरु सम्बन्धित ठाउँमा परिचालन भएर सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास जारी रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।