बैंकिङ कसुर र आर्थिक अपराधमा ६ हजार बढी मुद्दा दर्ता

काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा ६ हजार बढी मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् । प्रहरीको पहिलो काम शान्ति सुरक्षा कायम गर्ने भएपनि वित्तीय अपराधका घटनाले प्रहरीको बेफुर्सदी थप बढेको छ […]

सम्बन्धित सामग्री

बढ्दो बैंकिङ कसुर किन भइरहेको छ यस्तो ?

काठमाडौं । पछिल्लो समय बैंकिङ कसुरका घटना ह्वात्तै बढेको पाइएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका अनुसार गत असार १२ देखि कात्तिक मसान्तसम्म प्रहरीले २ हजार ६५१ बैंकिङ कसुरका फाइल सरकारी वकिलको कार्यालयमा पठाएको छ ।  यस्तो तथ्यांकले बैंकिङ कसुरमा न्याय प्राप्तिका लागि दैनिक सरदर २० भन्दा बढी उजुरी पर्ने गरेको देखिन्छ । असार १२ देखि कात्तिकसम्म सार्वजनिक बिदा धेरै परेकाले अब पनि यस्तो मुद्दाको संख्या झनै वृद्धि हुने सम्भावना रहेको कर्मचारी बताउँछन् । देशभरिकै संख्या जोड्ने हो भने त बैंकिङ कसुर कहालीलाग्दो रूपमा रहेको उनीहरूको भनाइ छ ।  बैंकिङ कसुर ८/१० वर्षअघि नै देखिन थाले पनि आर्थिक वर्ष २०७९/८० देखि बढ्न थालेको र पछिल्लो समयमा थेगिनसक्नु भएको सम्बद्ध अधिकारी बताउँछन् ।  असार १२ गतेपछि मात्र जिल्ला सरकारी वकिलको कार्यालयले पनि बैंकिङ कसुरका मुद्दाको अनुसन्धान र अभियोजन गर्न मिल्ने व्यवस्था सरकारले गरेको हो । त्यसअघि उक्त कसुरको निरूपणको लागि केही उच्च अदालतमा वाणिज्य इजलाश तोकिएका थिए ।  काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका एक कर्मचारीका अनुसार बैंकिङ कसुरका उजुरी निकै बढेपछि कर्मचारीलाई काम गर्न भ्याइनभ्याई भइरहेको छ । ‘प्रहरीलाई रायसहितको प्रतिवेदन बुझाउने फाइलहरू सरकारी वकिलको कार्यालयमा चाङ लागेका छन् तर कर्मचारीको संख्या निकै थोरै छ,’ ती कर्मचारीले भने, ‘यस्तो अवस्थाबारे सबैले थाहा पाएर समस्याको निकास निकाल्नुपर्ने आवश्यकता देखिएको छ ।’  काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा असार १२ गतेयता कामको भार बढे पनि कर्मचारी भने बढ्न नसकेको उनले गुनासो गरे । ‘असार १२ पछि ३०–४० प्रतिशत काम बैंकिङ कसुरका मुद्दाका लागि गर्नु परिरहेको छ,’ उनले भने, ‘तर कार्यालयमा सरकारी वकिलको संख्या भने असारअघि जति थियो, अहिले पनि उत्ति (३५ जना) नै छ ।’  बैंकिङ कसुरका उजुरी दर्ता भएपछि प्रहरीले सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदनका लागि पठाउने गर्छ । सरकारी वकिलको कार्यालयको रायको आधारमा प्रहरीले मुद्दा चलाउने गर्छ ।  धेरैजसो उजुरी चेक अनादरका  सरकारी वकिल कार्यालयमा आउनेमध्ये धेरैजसो चेक अनादरका समस्या रहेको कर्मचारी बताउँछन् । काठमाडौं प्रहरी परिसरमा चालू आर्थिक वर्षको ४ महीनामा करीब ३ अर्ब रुपैयाँ बराबरका चेक अनादरका उजुरी दर्ता भएका छन् । यो अवधिमा चेक अनादरको अभियोगमा प्रहरीले ६१२ जनालाई पक्राउ गरेको छ । यसमा १६४ जना महिला रहेको प्रहरीले जनाएको छ । गत आर्थिक वर्ष चेक अनादरको अभियोगमा २ हजार ३४० जना पक्राउ परेका थिए । गतवर्ष ४७ अर्ब ५० करोड २६ लाख ६८ हजार ७७९ रुपैयाँ बराबरको चेक अनादर भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।  ‘क्राइम ट्रेन्ड एनालाइसिस’को आवश्यकता महसूस गएको आर्थिक वर्षमा जिल्ला प्रहरी परिसर काठमाडौंमा मात्र ७ हजारभन्दा बढी बैंकिङ कसुरका उजुरी दर्ता भएका थिए । आर्थिक वर्ष २०७६/७७ मा ३ हजार २७५ चेक अनादरका मुद्दा दर्ता भएका थिए । सो वर्ष २ अर्ब ६० करोड ५४ लाख ४९ हजार ८५४ हजार रुपैयाँ बराबरको चेक अनादरमा प्रहरीले ८५० पुरुष र २२३ महिलालाई पक्राउ गरेको थियो । प्रहरीले रायसहितको प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले अध्ययन गरेर मात्र अदालतमा मुद्दा लाग्ने वा नलाग्ने निर्णय गर्छ ।  चेक अनादरका घटना बढेपछि सरकारले दोषीलाई सजाय बढाउने व्यवस्थासहितको ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक’ संसद्मा पेश गरेको छ । उक्त विधेयक अहिले प्रतिनिधिसभामा विचाराधीन छ । केही समययता बैंकिङ कसुरका अपराध बढ्दा त्यसले गम्भीर चिन्ता बढाएको उल्लेख गर्दै सरोकारवाला निकायले किन यस्तो भइरहेको छ भन्नेबारे गहिरो अनुसन्धान गर्नुपर्ने सुझाव दिएका छन् । ‘एकले अर्कोलाई ठगी गर्दा रमाउने प्रवृत्तिको विकास भएकाले हो वा आर्थिक समस्या बढेकाले ?’ काठमाडौं प्रहरी परिसरका एक अधिकृतले भने, ‘समाजमा गण्यमान्य कहलिएका व्यक्ति पनि बैंकिङ कसुरको अपराधमा दोषी ठहरिएका छन् । यस्तो किन भइरहेको छ भन्नका लागि गहिरो अध्ययन, अनुसन्धान चाहिन्छ ।’  प्रहरीको अध्ययनमा विभिन्न प्रलोभनका कारण यस्तो अपराध बढी देखिएको उनको भनाइ छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका कर्मचारीहरू बैंकिङ कसुरका घटना वृद्धि हुनुले वित्तीय अनुशासनको कमजोरी देखिए पनि ‘क्राइम ट्रेन्ड एनालाइसिस’ गर्न आवश्यक रहेको बताउँछन् । के हो बैंकिङ कसुर ? बैंकिङ तथा वित्तीय प्रणाली उपर हुने अपराध बैंकिङ कसुर हो । बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, निक्षेपकर्ताको हकहित संरक्षण, बैंक तथा वित्तीय संस्थाको गुणस्तरीय सेवा सुनिश्चित गर्न र वित्तीय स्थायित्व कायम राख्न अपरिहार्य हुने भएकाले बैंकिङ कसुरलाई अपराधको रूपमा लिने विश्वव्यापी मान्यता र अभ्यास छ ।  के हो चेक अनादर ? बैंक तथा वित्तीय संस्थामा निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीको लागि सम्बन्धित बैंकसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको ठहर्छ भने चेक अनादर भएको मानिन्छ । चेक अनादर भएको ६ महीनाभित्र चेक पाएको व्यक्तिले अदालतमा मुद्दा दायर गर्नुपर्छ । दाबी प्रमाणित भएको खण्डमा अदालतले बिगो र त्यसबमोजिम जरिवाना गर्नसक्ने प्रावधान बैंकिङ कसुर ऐन २०६४ मा छ ।

काठमाडौंमा आर्थिक अपराधका घटना सबैभन्दा धेरै

काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौंमा अघिल्लो एक महिनामा बैंकिङ कसुर र आर्थिक अपराधका १६ सय ४७ निवेदन दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नयाँ आर्थिक वर्षको पहिलो महिनामा वित्तीय अपराधका उल्लेख्य निवेदन परेका छन् । त्यसो त वितेको वर्ष पनि आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका थिए […]

गएको तीन महिनाको अपराध ग्राफ : बैंकिङ कसुर ह्वात्तै बढ्यो, आत्महत्या घट्यो

काठमाडौं : गएको तीन महिनामा बैंकिङ कसुरको अपराध बढेर गएको छ। गएको चैत १५ गतेदेखि असार १५ गतेसम्म बैंकिङ कसुरका मात्र ३ हजार ५ सय ११ वटा मुद्दा दर्ता भएका थिए। अघिल्लो वर्षको सोही तीन महिनाको समयमा  १ हजार ८ सय ६० वटा मात्र मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता…

काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता - NepaliPatra

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौँमा दर्ता भएका नौ […]

काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराध : ५३१२ मुद्दा दर्ता

काठमाडौँ- मुलुकको संघीय राजधानी काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौ...

काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता

काठमाडौँ, ९ जेठ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका छन् । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौँमा दर्ता […]

बैंकिङ कसुर मुद्दामा १९ लाख बिगो भएका फरार आरोपी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको गोरखा नगरपालिका–७ घर भई काठमाडौंको बानेश्वर बस्ने ४६ वर्षीय दिपक चन्द्र आचार्य छन् । राजेश देशेमरुको दिएको जाहेरी अनुसार आचार्य बिरुद्ध १९ लाख ५० हजार बिगो भएको मुद्दा प्रहरी वृत गौशालामा दर्ता भएको छ ।  आरोपीलाई थापागाउँबाट पक्राउ गरेर थप अनुसन्धानको लागी वृत गौशालामा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ

९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । बैंकिङ कसुर मुद्दा अन्तर्गत उनी पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–३ घर भइ हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने ३५ वर्षीय माया बस्नेत थापा रहेको प्रहरीले जनाएको छ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ अनुमति जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरको बङ्गलामुखीबाट सोमबार पक्राउ गरेको हो । उनलाई आवश

बैंकिङ कसुर मुद्दामा निर्माण व्यवसायी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा प्रहरीले निर्माण व्यवसायी श्यामकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौं नागार्जुन नगरपालिका घर भएका ५२ वर्षीय श्रेष्ठ जय बाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक हुन् ।श्रेष्ठ विरुद्ध १ करोड ३६ लाखको चेक अनादर मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएको थियो । समानान्तर निर्माण सेवा प्रालिका निरोजकुमार थपलियाले दिएको जाहेरी दर्ता भएपछि श्याम कुमार सम्पर्क बिहिन भएका थिए ।महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सितापाईलाबाट पक्रेको हो । उनीमाथि थप अनुसन्धानका

बैंकका शाखा इन्चार्ज र एजेन्टविरुद्ध बैंकिङ कसुर मुद्दा - Naya Patrika

विराटनगर भन्सार राजस्व अपचलन प्रकरण जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर भन्सारस्थित वाणिज्य बैंकमा भएको राजस्व अपचलन आरोपमा शाखा इन्चार्जसहित दुईजना एजेन्टविरुद्ध बैंकिङ कसुर अपराध मुद्दा दायर गरेको छ । प्रहरीको...पूरा पढ्नुहोस् »