बैंकिङ कसुर मुद्दामा निर्माण व्यवसायी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा प्रहरीले निर्माण व्यवसायी श्यामकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौं नागार्जुन नगरपालिका घर भएका ५२ वर्षीय श्रेष्ठ जय बाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक हुन् ।श्रेष्ठ विरुद्ध १ करोड ३६ लाखको चेक अनादर मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएको थियो । समानान्तर निर्माण सेवा प्रालिका निरोजकुमार थपलियाले दिएको जाहेरी दर्ता भएपछि श्याम कुमार सम्पर्क बिहिन भएका थिए ।महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सितापाईलाबाट पक्रेको हो । उनीमाथि थप अनुसन्धानका