विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुममार्फत भएको भेलामा २० देशका १२ वर्षमुनिका नेपाली बालबालिका सहभागी भए । सहभागीको कोरोना कहरमा आफूले भोगेको अनुभव मन खोलेर सुनाएका थिए । सभ्यता शर्मा (१०) र एलिस कार्की (१२)ले सञ्चालन गरेको कार्यक्रममा नेपाललगायत अष्ट्रिया, नाइजेरिया, क्यानडा, साउदी अरब, अमेरिका, जापान, बहराइन, इटाली, चीन, कतार, युएई, दक्षिण कोरिया, बेलायतलगायत देशमा रहेका दोस्रो पुस्ताका नेपाली बालबालिका सहभागी थिए ।