सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु (तस्बिरहरु)

काठमाडौँमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ। आज अपराह्न ४ बजेदेखि सुरु भएको रथयात्रा मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म भएको थियो।...

सम्बन्धित सामग्री

सेतो मच्छिन्द्रनाथ रथ जात्राको समापन साथमा फोटो प्रदर्शनी [फोटो फिचर]

काठमाडौं  । सेतो मच्छिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी सम्पन्न भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) द्वारा २५ औं रजत महोत्सवको अवसरमा बिहीवारदेखि तीन दिनसम्म आयोजित फोटो प्रदर्शनी शनिवार सम्पन्न भएको छ । पहिलो दिनको प्रदर्शनी रथयात्राको प्रमुख विश्राम स्थल असन, दोस्रो दिन हनुमानढोका तथा तेस्रो दिन लगन टोलमा  गरिएको थियो । हिन्दु तथा बौद्ध धर्मावलम्बीले संयुक्त रूपमा आस्था प्रकट गर्ने स्थानीय जनबहालस्थित मन्दिरमा रहेको आर्य अवलोकितेश्वर (सेतो मच्छिन्द्रनाथ) को  मूर्तिलाई विधिविधानपूर्वक रथारोहण गरी भित्री सहरको परिक्रमा गराइने  गरिएको तस्वीरहरुमा प्रस्ट देखिन्छ  । यसैगरी प्रदर्शनीमा विसं २०५४ सालमा रथमा लागेको आगलागी, विसं २०४६ को जनआन्दोलनका क्रममा रथयात्रा सञ्चालन नभई सामान्य खटमा मात्र मच्छिन्द्रनाथलाई बोकेर लगिएको, विसं २०६४ मा रथ परिक्रमाको पहिलो दिन तीनधाराबाट असनतर्फ तान्ने क्रममा रत्नपार्कमा रथ ढलेको तस्वीरले धेरैको ध्यान तानेको देखिन्थ्यो । त्यस्तै जात्राका विभिन्न पक्ष, पताः ध्वजा चढाइएको फोटो, आर्य अवलोकितेश्वरको स्नान, नुहाउनका लागि पानी लिन गएका तस्वीरहरु प्रदर्शनीमा राखिएको थियो । उक्त प्रदर्शनीमा ३० जना व्यवसायिक फोटोपत्रकार तथा अन्य फोटोग्राफरहरूले खिचेका ५० भन्दाबढी फोटोहरू राखिएको थियो । फोटो प्रदर्शनीको पहिलो दिन काठमाडौँ महानगरपालिका २७ का वडाध्यक्ष योगेश खड्गी, असन सेवा समितिका अध्यक्ष यज्ञरत्न तुलाधर र जात्रा व्यवस्थापन समितिका संयोजक सुजिब बज्राचार्यले, दोस्रो दिन जात्रा व्यवस्थापन समितिका उप–संयोजक गणपतिलाल श्रेष्ठ र शार्दुल गुल्मका गुल्मपति शिव भडेंलले तथा अन्तिम दिन लगं खलका अध्यक्ष कविर मान जोशी तथा वरिष्ट फोटो पत्रकार हरि गोपाल प्रधानले संयुक्त रुपमा उद्घाटन गरेका थिए। तीन दिनसम्म चलेको उक्त प्रदर्शनीमा विभिन्न क्षेत्रका विभिन्न व्यक्तित्वहरु, पर्यटकहरु र पूर्व राजकीय कुमारी मतिना शाक्य तथा पूर्व गणेश सम्वेग शाक्यको उपस्थितिले थप रौनकता छाएको थियो । करीब ५०० जना दर्शकहरुको उपस्थिति रहेको प्रदर्शनीले थप उर्जा प्रदान गरेको तथा भविष्यमा नेपालका संस्कृति,जात्राहरु प्रर्वद्धन तथा प्रचार प्रसार गर्न कटिबद्ध रहेको समूहका अध्यक्ष प्रदिप राज वन्तले बताए । राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले संयोजन गरेको उक्त प्रदर्शनीको आयोजना सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले गरेको थियो भने काठमाडौं महानगरपालिका वडा नं १७, २१, २५ ,२७ र २८ ले सहयोग गरेको थियो ।

हटाइयो सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने बाटोमा बनाइएको संरचना

काठमाडौं । उपत्यका विकास प्राधिकरणले सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने बाटोमा बनाइएको कंक्रिट संरचना हटाएको छ । वडा २८ का जनप्रतिनिधि, सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, स्थानीय, सम्पदाप्रेमी लगायतको पहलमा प्राधिकरणले उक्त संरचना हटाएको हो । स्थानीय तह लगायत कुनै पनि निकायसँग समन्वय नगरी प्राधिकरणले रानीपोखरी प्रहरी कार्यालय भवन र आकाशेपुलबीचको बाटोमा...

सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने बाटोमा कसले बनायो कंक्रिटको संरचना ?

काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने काठमाडौंको रानीपोखरी प्रहरी कार्यालय भवन र आकाशेपुलबीचको बाटोमा कंक्रिटको संरचना बनाइएको छ । उक्त संरचना हटाउन स्थानीयले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष निलकाजी शाक्यले त्यहाँ कंक्रिटको संरचना बनाउने निकायको खोजी भइरहेको बताए । बाटोमा हिँड्ने पैदलयात्री र रथयात्रालाई असर...

सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोकामा

काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा असनबाट हनुमानढोका पुर्याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथ असनमा लगी राखिएको थियो । जात्राको दोस्रो दिन आज असनबाट रथ तानेर हनुमानढोकास्थित कालभैरवको मूर्तिअघि लगी राखिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । बिहीबार रथ हनुमानढोकाबाट लगनटोल पुर्याइन्छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । शहरको भित्री भ

सेतो मच्छिन्द्रनाथ पूजाको दोस्रो दिन

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको दोस्रो दिन पनि आज पूजा गरिदैछ । गतवर्ष कोरोनाको कारणले रोकिएको यसपटक क्षमा पुजा गरिएको छ । यसपटक पनि कोरोना महामारीलाई ध्यानमा राखेर सुरक्षा अपनाइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधाराबाट रथयात्रा शुरु भएर असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।

तीनधाराबाट यसरी असन पुर्‍याइयो सेतो मछिन्द्रनाथलाई

काठमाडौं : वर्षा र सहकालका देवता जनबहा: द्य: (सेतो मच्छिन्द्रनाथ)को रथयात्रा सुरु भएको छ। केलटोल (जनबहा:) बाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्‍याइएको थियो। तीनधारामा सेतो मच्छिन्द्रनाथलाई खटबाट निकालेर त्यहाँ बनाइएको रथमा राखी रथयात्रा गरिएको हो।  रथलाई तानेर घण्टाघरबाट रत्नपार्क, भोटाहिटी हुँदै सेतो मछिन्द्रनाथलाई असन पुर्‍याइएको…

‘सांस्कृतिक जात्रापर्वमा निर्णय गर्ने अधिकार गुठियारहरूको हो’

भक्तपुरको बिस्काः जात्रा रोक्ने सरकारी निर्णय फिर्ता लिन र स्वास्थ्य मापदण्ड अपनाउँदै सांस्कृतिक जात्रापर्वलाई निरन्तरता दिन सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले माग गरेको छ।

यस वर्ष सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने

२२ चैत, काठमाडौं । काेराेना महामारीका कारण गत वर्ष स्थगित गरिएकाे सेतो मच्छिन्द्रनाथको रथयात्रा यस वर्ष हुने भएको छ । सेतो मच्छिन्द्रनाथ रथयात्रा मूल समारोह समितिको आइतबार बसेको बैठकले यस वर्ष रथयात्रा गर्ने निर्णय गरेको …

स्वास्थ्य सुरक्षाको विधि अपनाएर सेतो मच्छेन्द्रनाथको रथयात्रा गरिने

काठमाडौं । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यस वर्ष वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने भएको छ । गुठी संस्थान, सेतो मच्छिन्द्रनाथको पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद् लगायत सरोकार भएका निकायका प्रतिनिधि राखेर आज सेतो मच्छिन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले गरेको बैठकबाट रथयात्रा चलाउने निर्णय गरिएको संयोजक नीलकाजी शाक्यले जानकारी दिए ।प्रत्येक वर्ष चैत्र शुक्ल अष्‍टमीदेखि दरबारमार्गस्थित तीन

सेतो मच्छिन्द्रनाथ रथयात्रा आज, रथको रुटमा सवारी साधन निषेध

सेतो मच्छिन्द्रनाथको रथयात्रा आज (बुधबार) बाट सुरु हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु हुन्छ ।