ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथयात्रा

काठमाडौं। कोरोना महामारीकाबीच शनिबार ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिएको छ। यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गरिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए। करिब १५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरेर विसर्जन गर्ने तयारी गरिएको छ।

सम्बन्धित सामग्री

रातो मच्छिन्द्रनाथको रथ भएको क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन रोक

१९ भदौ, ललितपुर । जिल्ला प्रशासन कार्यालय, ललितपुरले रातो मत्स्येन्द्रनाथको रथ भएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन निषेध गरेको छ । प्रशासनको सहमतिविना निषेधाज्ञाको समयमा रातो मत्स्येन्द्रनाथको रथयात्रा गर्न खोज्दा बिहीबार स्थानीयवासी र प्रहरीबीच …