राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न अस्विकार

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक-२०७९ लाई प्रमाणीकरण गर्न अस्विकार गरेकी छन् । भण्डारीले मंगलबाल राति १२ बजेसम्म विधेयक प्रमाणीकरण नगरेपछि १५ दिनको निर्धारित समय सकिएको हो । अब उक्त विधेयक स्वत: निष्क्रिय हुनेछ । संवैधानिक व्यवस्था अनुसार दोस्रोपटक संसद्का दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने हुन्छ । पहिलो पटक संसदका दुवै […]

सम्बन्धित सामग्री

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सकारात्मक : लोसपा

काठमाडौं, १७ जेठ । लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) नेपालले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सकारात्मक भएको बताएको छ। बुधबार अध्यक्ष महन्थ ठाकुरद्धारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सकारात्मक भएको बताएको हो। लोसपाले नागरिकता विधेयक प्रमाणीत भएसँगै नेपाली नागरिकको पीडामा मलमको काम गर्ने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मात्रै नागरिकता विधेयक प्रमाणीत गरेका […]

‘राष्ट्रपति ओलीको आदेश पालक भएर नागरिकता विधेयक प्रमाणीकरण भएन’

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेसँगै मुलुक राजनीतिक टकराबमा जाने संकेत देखा परेका छन्। प्रतिपक्षी दल राष्ट्रपतिको बचाउमा सक्रिय छ। सत्ता गठबन्धन सार्वभौम सांसदले दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्ने राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको न्यायिक निरूपण खोज्ने बाटोमा लागेको छ। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि मुलुकमा कस्तो […]

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । राष्ट्रपतिले मङ्गलवार राति १२ बजेसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको छ । संसद्ले दोस्रो पटक पारित गरेर स्वीकृतिका लागि विधेयक राष्ट्रपति समक्ष पठाएको थियो । संसदबाट पारित भएर दोस्रो पटक आएको विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भए पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको हो ।  राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि यसबारे समर्थन र विरोधमा विभिन्न टिप्पणी भइरह...

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा राष्ट्रपति!

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी छन्। संसद्ले दोस्रोपटक पारित गरी नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको आज १५औँ दिन हो। संसद्‌बाट दोस्रोपटक पारित गरेर पठाइएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ। तर, राष्ट्रपति कार्यालयका उच्च स्राेतका अनुसार राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी हुन्। पाँचदलीय गठबन्धनले […]

नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग

काठमाडौँ । नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै नागरिकता विहीन सङ्घर्ष समितिले धर्ना दिएको छ । शनिबार नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणीकरण गर्नुपर्ने माग गर्दै नागरिकता विहीन सङ्घर्ष समितिले माइतीघर मण्डलामा धर्ना दिएको हो । नागरिकता विधेयक संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भए पनि उनले हालसम्म […]

नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह

काठमाडौँ। नेपाली काँग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । बिहीबार पार्टीको प्रदेश कार्यालय धनुषामा बसको बैठकले राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न आग्रह गरेको हो । राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक करिब दुई सातादेखि ‘विचाराधीन’ अवस्थामा राखेकी छन् […]

सचिवको पदस्थापनसँगै नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको तयारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सचिवको पदस्थापनसँगै नागरिकता विधेयक प्रमाणीकरण गर्ने तयारी गरेकी छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव यादव कोइरालाको सोमबार राष्ट्रपति कार्यालयमा पदस्थापन हुने र पदस्थापनसँगै नागरिकता विधेयक प्रमाणीकरण हुने राष्ट्रपति कार्यालय स्रोतले थाहा खबरलाई जानकारी दिएको छ।‘नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको मनसाय छैन,’ स्रोतले भन्यो, ‘सचिवको अदलबदलले पनि केही दिन ढिलो हुन गएको हो