एमसीसी विरुद्धमा प्रदर्शन गर्ने र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी

संसद् बैठक बस्न लाग्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा घम्साघम्सी भएको छ । प्रदर्शनकारीहरू निषेधित क्षेत्र पार गर्न अगाडि बढेपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाउने क्रममा घम्साघम्सी भएको हो । प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेका छन्  । प्रदर्शनकारीहरूले एमसीसी खारेज गर, एमसीसी चाहिँदैन लगायत नारा लगाएका छन् ।  प्रदर्शनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवा

सम्बन्धित सामग्री

सुर्खेतमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, दुई दर्जन प्रदर्शनकारी पक्राउ

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एमसीसी विरुद्धको प्रदर्शन भड्किएपछि लगाइएको कर्फ्यु तोड्दै आज पनि प्रदर्शन भएको छ । प्रदर्शनकारी र प्रहरीबीच आज बिहान झडप हुँदा प्रहरी निरीक्षकसहित डेढ दर्जन प्रहरी घाइते भएका छन् भने प्रहरीले दुई दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा प्रहरीहरु घाइते भएका […]

बानेश्वरमा एमसीसी विरुद्ध प्रदर्शन जारी, तस्बिरहरु

आज बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसी परियोजनासम्बन्धी सम्झौता पारित गर्ने तयारी भइरहँदा नयाँ बानेश्वरमा एमसीसी विरोधी प्रदर्शन जारी रहेको छ । एमसीसीविरोधी प्लेकार्डसहित यतिबेला मानिसहरू सडकमा नाराबाजी गरिरहेका छन् ।यता एमसीसी विरुद्धको प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।

एमसीसी पारित गर्ने तयारी, बानेश्वरमा सुरक्षा व्यवस्था कडा

विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् ।  विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।

माइतीघरमा एमसीसीविरुद्ध अखिल क्रान्तिकारीको विरोध प्रदर्शन (फोटोफिचर)

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)का कार्यकर्ताहरूले आज पनि एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका छन् । राजधानीको माइतीघर मण्डलमा भएको विरोध प्रदर्शनमा उनीहरुले एमसीसी र प्रहरी दमनविरुद्ध चर्को आक्रोश पोखेका छन् ।अनेरास्ववियु क्रान्तिकारी उपत्यका विशेष प्रदेश समितिको आयोजनामा भएको विरोध प्रदर्शनमा उनीहरुले अमेरिकी साम्राज्यवाद मुर्दावाद, प्रहरी दमन मुर्दावाद, देश बेच्न पाइँदैन लगायतका नारा लगाएका थिए । विरोध प्रदर्शनमा यसअघि भएकाहरु पनि पट्टी बाँधेर स

नियन्त्रण बाहिर बानेश्वर क्षेत्र : प्रहरी र प्रदर्शनकारी बिच चर्को घम्साघम्सी

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन 'एमसीसी'को विरोधमा बानेश्वरमा भएको प्रदर्शन नियन्त्रण बाहिर गएको छ। आज प्रतिनिधिसभामा एमसीसी पेश हुने तयारी गरे पछि सत्तारुढ दलसहित विभिन्न समूहहरु बानेश्वर पुगेका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच कयौं पटक झडप भएको थियो। दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नभएपनि संसद भवन बाहिर प्रदर्शन…

एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन गर्ने ६२ जना पक्राउ, साँझ छाडियो

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको विरोधमा प्रदर्शन गर्ने ६२ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सवैभन्दा ठुलो संख्यामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ परेका छन् । कोटेश्वरबाट ‘विप्लव’का समर्थकलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बालकोटबाट नक्सालस्थित ह

एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन गर्न खोजेको आरोपमा ५४ जना पक्राउ

२४ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको विरोधमा प्रदर्शन गर्न खोजेको आरोपमा ५४ जना पक्राउ परेका छन् । अधिवक्ता स्वागत नेपाल, नीर्घ जैसीलगायतका व्यक्तिहरु पक्राउ परेका हुन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एक अधिकृतका अनुसार अनुसार उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालस्थित अमेरिकी राजदूतावास बाहिर र […]

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन, १० युवा पक्राउ

काठमाण्डाै - मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि युवाहरुले विरोध प्रदर्शन गरेका छन् । काठमाण्डौमा रहेको दूतावास अगाडि विरोध प्रदर्शन गर्ने १० जना युवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । एमसीसी खारेजी राष्ट्रिय अभियानको आह्वानमा प्रदर्शन भएको हो । यो परियोजनाले नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने भन्दै केही समूहले विरोध गर्दै आएका छन् । अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ । गएको वर्...

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० जना पक्राउ

एमसीसीको विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको छ । शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले  ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सबै पुरुष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले रातोपाटीलाई जानकारी दिए । उनीहरुले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए । एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को