एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० जना पक्राउ

 एमसीसीको विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको छ । शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले  ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सबै पुरुष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले रातोपाटीलाई जानकारी दिए । उनीहरुले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए । एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को

सम्बन्धित सामग्री