काठमाण्डाै - मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि युवाहरुले विरोध प्रदर्शन गरेका छन् । काठमाण्डौमा रहेको दूतावास अगाडि विरोध प्रदर्शन गर्ने १० जना युवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।
एमसीसी खारेजी राष्ट्रिय अभियानको आह्वानमा प्रदर्शन भएको हो । यो परियोजनाले नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने भन्दै केही समूहले विरोध गर्दै आएका छन् । अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ ।
गएको वर्...