होम क्वारेन्टिनले जोखिम बढायो

विदेशबाट आएका नागरिक होम क्वोरन्टिनमा बस्न थालेपछि समुदायमा कोरोना जोखिम बढन थालेको छ। शिवनाथ गाउँपालिकामा–५ जना कोरोना संक्रमितको दोश्रो रिर्पाेट पोजेटिभ आएपछि उनीहरु गत जेठ अन्तिम साता संक्रमित भएपछि १६ दिन क्वोरन्टिनमा बसेर घर गएका हुन्। स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार कोरोनाको लक्षण नै नदेखिएपछि घर पठाइएकाहरु पोजेटिभ भेटिएपछि समुदायमा त्रास फैलिएको छ।

सम्बन्धित सामग्री

बाढीले काठमाडौंमा संक्रामक रोगको जोखिम बढायो

केही दिनयता वर्षाका कारण काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा बाढी आएको छ, घरहरु डुवानमा परेका छन् । यसबाट हामीले प्रयोग गर्ने पानी र खानेकुरा प्रदूषित भई महामारीको सम्भावना बढेको छ । पानी र खानेकुरा प्रदूषित हुँदा संक्रामक रोगको प्रकोप वा महामारी फैलिने सम्भावना हुन्छ । डुबानपछि टाइफाइड, हैजा, लेप्टोइसपाइरोसिस, भाइरल हेपाटाइटिस (‘ए’ वा ‘इ’ ), […]

वन्यजन्तुले बढायो जोखिम

रसुवा मंसिर २४ । उच्च भागमा चिसो बढ्दै गएका कारण तातो क्षेत्र खोज्दै हिँड्ने वन्यजन्तुबाट पैदलयात्रामा मानिसलाई जोखिम बढ्न थालेको छ । जङ्गली भालु मानव बस्तीको नजिक आउन थालेको र हालै एक व्यक्तिलाई घाइतेसमेत बनाएपछि जोखिम महसुस भएको हो । मानिस आक्रमणको साथै आयआर्जनका लागि किसानले पालन गरेका बङ्गुरको पाठासमेत जङ्गली भालुले आक्रमण गर्ने गरेको […]

राइड शेयरिङको अफलाइन प्रयोगले बढायो सुरक्षा जोखिम

काठमाडौं, बैशाख १२। प्रविधिमैत्री यातायातको रूपमा यात्रुको रोजाइमा परेको राइड शेयरिङ सेवाको अफलाइन प्रयोगले सुरक्षा जोखिम बढाएको छ । सानो लगानीमा पनि शुरू गर्न सकिने स्टार्टअप व्यवसाय भएकाले पछिल्लो समय राइड शेयरिङ कम्पनी बढेका छन् । तर बढी आम्दानीको लोभमा यस्ता कम्पनीका राइडरले अफलाइन सेवा दिँदा सुरक्षाको चिन्ता थपिएको छ । काठमाडौं उपत्यकामा सेवा दिँदै […]

राइड शेयरिङको अफलाइन प्रयोगले बढायो सुरक्षा जोखिम

काठमाडौं । प्रविधिमैत्री यातायातको रूपमा यात्रुको रोजाइमा परेको राइड शेयरिङ सेवाको अफलाइन प्रयोगले सुरक्षा जोखिम बढाएको छ । सानो लगानीमा पनि शुरू गर्न सकिने स्टार्टअप व्यवसाय भएकाले पछिल्लो समय राइड शेयरिङ कम्पनी बढेका छन् । तर बढी आम्दानीको लोभमा यस्ता कम्पनीका राइडरले अफलाइन सेवा दिँदा सुरक्षाको चिन्ता थपिएको छ । काठमाडौं उपत्यकामा सेवा दिँदै आएका पठाओ, टुटल, इनड्राइभर र लुजुम जस्ता राइड शेयरिङ कम्पनी तथा यातायातका साधनको अफलाइन प्रयोगले सुरक्षा चुनौती बढाएको हो । राइडरले बढी नाफा कमाउन सक्ने र यात्रुले पनि मोलमोलाइ गर्दै सस्तोमा यात्रा गर्न पाउने भएकाले राइड शेयरिङको अफलाइन प्रयोग बढेको छ । काभ्रे घर भई हाल त्रिपुरेश्वर बस्दै आएकी सुमी त्रिपाठीकी आमालाई गत बुधवार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौंको गंगालाल अस्पताल लगियो । आमालाई भेट्न भन्दै सुमी हतार हतार घरबाट निस्किइन् । साँझको ७ बजिसकेकाले उनले राइड शेयरिङ सेवा प्रयोग गर्ने विचार गरिन् । यत्तिकैमा उनले बाटोमा बाइक रोकेर बसेको मानिस देखेपछि उनले पठाओ हो भनेर सोधिन् । बाइकवालाले हो भनेपछि गंगालाल अस्पताल जान अनुरोध गरिन् । त्यसपछि ती राइडरले निकै तीव्र गतिमा बाइक कुदाएपछि दुर्घटनाको त्रासले विस्तारै चलाउन आग्रह गरिन् । तर चालकले आफ्नो गति कायमै राखे । उनले ‘म तपाईंसँग जान्न, बाइक रोकिदिनुस्’ भन्दा पनि नमानेको उनले बताइन् । अस्पताल बाहिर पुगेर पैसा तिर्न खोज्दा ‘आपत्मा आफूले चाँडै ल्याइदिएको’ दाबी गर्दै ५०० रुपैयाँ असुलेको उनको गुनासो छ । पठाओ नेपाल प्रालिका प्रबन्ध निर्देशक असीममान सिंह बस्नेत यस्तै सुरक्षा एवं जोखिम बढ्ने भएकाले राइडर र यात्रु दुवैलाई अफलाइन सेवा नदिन/नलिन सुझाउँछन् । ‘राइडरले एप बन्द गरेर चलाएपछि ऊ कहाँ गयो, के गर्‍यो भन्ने हामीलाई थाहा हुँदैन । त्यसैले त्यसबेला ऊ हाम्रो कर्मचारी होइन,’ उनले भने, ‘त्यस्तो बेला दुर्घटना भएमा हामी त्यसको जिम्मेवारी लिन सक्दैनौं । त्यसैले यात्रुले पनि सस्तोमा जान पाइने वा हतार छ भन्दैमा अफलाइन चढ्नु हुँदैन ।’ चोकचोकमा बसेर अफलाइन कन्ट्याक्टमा चलाउने राइडरलाई आफूहरूले कारबाही गर्न सक्ने व्यवस्था नभएकाले त्यसको नियन्त्रणका लागि राज्यस्तरबाटै कानून बन्नुपर्ने उनको भनाइ छ । अनलाइन सेवा लिँदा दुर्घटनामा परेमा १ लाख रुपैयाँसम्म उपचार खर्च र मृत्यु भएमा ५ लाख रुपैयाँसम्मको बीमाको व्यवस्था रहेको उनले बताए । दिउँसोभन्दा पनि साँझ तथा रातिको समयमा सुन्धारा, त्रिपुरेश्वर, चाबहिल, गोंगबु बसपार्क, कोटेश्वर चोक, कलंकी, बल्खु चोक लगायत मानिसको बढी भीडभाड र आवतजावत हुने स्थानमा अफलाइनमा जाने राइडर तथा यात्रु धेरै हुने गरेका छन् । राइडरले यात्रुलाई अफलाइन माध्यमबाट गन्तव्यमा पुर्‍याएबापत सम्बन्धित कम्पनीमा कमिशन बुझाउनु नपर्ने हुँदा यस्तो कार्य बढेको बताइन्छ । ‘हामीले यात्रुलाई गन्तव्यमा पुर्‍याएपछि बुझाउनुपर्ने कमिशनबापतको रकम बुझाउनु नपर्ने भएपछि अफलाइनमै यात्रु बोक्ने काम गरिन्छ,’ आफ्नो परिचय खुलाउन नचाहने एक पठाओ चालकले भने । राइड शेयरिङ सेवा दिएबात पठाओले २० प्रतिशत, टुटल र लुजुमले १० प्रतिशत कमिशन लिन्छन् भने इनड्राइभरले कशिसन लिँदैन । कीर्तिपुर बस्दै आएका रवीन्द्र रायमाझी यात्रा गर्दा प्रायःजसो पठाओ चढ्ने गर्छन् । धेरैजसो उनी अनलाइन कन्ट्याक्टबाटै पठाओ बुकिङ गरेर चढ्छन् । तर कहिलेकाहीँ हतारमा हिँड्दै गर्दा जहाँ पठाओ भेट्यो, त्यहीँबाट अफलाइनमै चढ्ने गरेको अनुभव उनले सुनाए । यसरी चढ्दा सुरक्षा जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि कहिलेकाहीँ हतार हुँदा चढ्नैपर्ने अवस्था आउने उनले बताए । कहिलेकाहीँ आफूसँग कम पैसा हुँदा बार्गेनिङ गरेर जान पाइने र सजिलोले पनि अफलाइन सेवा लिन गरेको उनको भनाइ छ । टुटल, पठाओ जस्ता राइड शेयरिङ कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएर चलेका भए पनि सरकारले यस्ता कम्पनीको सेवा बन्द गर्ने चेतावनी दिँदै आएको छ । यातायात व्यवस्था ऐनको दफा ८ (१) मा निजी सवारीसाधन सार्वजनिक यातायातको रूपमा प्रयोग गर्न नपाइने व्यवस्था छ । सोही ऐनकै दफा १२ ले कुनै एक प्रयोजनका लागि दर्ता भएको सवारीसाधन अर्को प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ, जसले गर्दा यातायात व्यवस्था विभागले समेत यस्तो कार्यलाई अवैध भन्दै आएको छ ।

खोप लगाउनेको भीडले झन् बढायो कोरोनाको जोखिम

काठमाडौं : सरकारले सार्वजनिक सेवा लिन यही माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गर्ने भएपछि काठमाडौंको सिभिल अस्पतालमा खोपको पहिलो मात्रा लगाउनेहरूको निकै लामो लर्को लागेको छ।सरकारले अघिल्लो वर्ष माघ १४ गते कोरोनाविरुद्ध खोप लगाउन थालेको थियो। खोप केन्द्रहरूमा सुरुदेखि नै खोप लगाउनेको भीड घटेको छैन।पछिल्लो समय भने कोरोनाको नयाँ भेरिएन्टको संक्रमण बढ्न थालेपछि सरकारले खोप लगाउन नागरिकलाई बाध्य बनाउन नियम नै लागू गरेको हो।सरकारले कुनै पनि ठाउँमा २५ जनाभन्दा बढीको भीड भेला

डब्लुएचओको चेतावनी : ओमोक्रनले विश्वभर जोखिम बढायो, सतर्कता अपनाऔं

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड १९ को ओमोक्रन भेरियन्टले अझै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने चेतावनी दिएको छ। हाल विभिन्न देशमा ओमोक्रन फैलिएसँगै संक्रमितको दर विश्वभर ह्वात्तै बढेको छ। गत हप्तामा विश्वव्यापी रूपमा कोरोना संक्रमण ११ प्रतिशतले बढेको छ। फ्रान्स र अमेरिकामा हालसम्मकै…

विवाह तथा सभा सम्मेलनले कोरोना संक्रमणको बढायो जोखिम

विवाह, भोज भतेर, सभा सम्मेलनको भीडले कोरोना संक्रमणको जोखिम बढाएको डा शेरबहादुर पुनले बताए। त्यहाँ जनस्वास्थ्यका मापदण्ड पालना नभएकाले संक्रमणको जोखिम स्वतः बढ्ने उनले बताए।

सीमा नाकामा चहलपहल :  बढायो कोरोना जोखिम

कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको ताँती सीमा क्षेत्रमा लागेको छ ।सीमा क्षेत्रमा बढ्दो भीडभाडले कोरोना जोखिमसमेत बढाएको छ । यद्यपि, सरकारले कोरोना जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा प्राथमिकतासाथ कोरोना परीक्षणलाई समेत तयारी अवस्थामा राखेको छ । प्रदेश २ का आठवटा जिल्लाका सीमा नाका खुला गरिएका छन् । सो क्षेत्रमा स्वास्थ्य संवेदनशीलतालाई ख्यालमा र

दलहरुकै कारण कोरोना जोखिम

कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन। तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ। सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने चिन्ता जनस्वास्थ्यविद्ले गरेका छन्। जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी कोठे बैठक, कार्यकर्ता भेला, र्‍याली र आमसभालगायत कार्यक्रमले कोरोना संक्रमण बढाउने बताउँछन्। ‘पहिलो चरणमा लकडाउन र चाडपर्वमा भएका गतिविधिले संक्रमण बढायो’, डा.मरासिनी भन्छन्, ‘दोस्रो चरणमा राजनीतिक दलका गतिविधि र चुनावी माहोलले संक्रमण व्य...