राष्ट्र बैंकले बढायो शेयर, घरजग्गा र अटो कर्जाको जोखिम भार, आगामी असारबाट लागु हुने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट जारी हुने विभिन्न कर्जाको जोखिम भार बढाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख भएको ब्यबस्थालाई सर्कुलर मार्फत थप प्रष्ट पार्दै  कर्जाको जोखिम भार बढाएको हो ।जस अनुसार राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाकोजोखिम भारमा बढाएको छ । जस अनुसार अब व्यक्तिगत ओभरड्राफ्ट कर्जाको जोखिम भार १५० प्रतिशत, व्यक्तिगत हायर पर्चेज कर्जा तथा ब्यतिगत अटो लोनको जोखिम भार १५० प्रतिशत, रियल स्टेट कर्जा तथा  जग्गा प्लटिङसम्बन्धी कर्जाको जोखिम भार १५० प्रतिशत र मार्जिन प्रकृतिको शेयर कर्जाको जोखिम भार १५० प्रतिशत कायम गरिएको छ । त्यस्तै ट्रष्ट रिसिट कर्जाको जोखिम भार १२० प्रतिशत कायम गरिएको छ  । यो ब्यबस्था २०७९ साल असार महिनादेखि लागु हुने छ । यस अघि  मार्जिन प्रकृतिको शेयर कर्जाको जोखिम भार १०० प्रतिशत रहेको थियो । राष्ट्र बैंकले यस अघि मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षामा   ' बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाकोजोखिम भारमा पुनरावलोकन गरिनेछ ।' उल्लेख गरेको थियो  । सोहीको कार्यन्वयनको लागि आज राष्ट्र बैंकले सर्कुलर जारी गरेको हो  । 

सम्बन्धित सामग्री

शेयर धितोकर्जा र घरजग्गा कर्जाको जोखिम भार घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीति समीक्षामार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएको छ । ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जाको सीमा घटाएर १२५ प्रतिशत कायम गरिएको हो । यस्तै, घरजग्गा कर्जाको जोखिमभार पनि १२५ प्रतिशतमै झारिएको छ । यसअघि ५० लाखभन्दा धेरैको शेयरधितो कर्जामा जोखिम भार १५० प्रतिशत थियो ।

५० लाखसम्मको शेयर धितो कर्जामा शतप्रतिशत जोखिम भार

काठमाडौं । ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा दिँदा शतप्रतिशत जोखिम भार राखे पुग्ने भएको छ । शुक्रबार राष्ट्र बैंकले सर्कुलर जारी गर्दै शेयर धितोकर्जामा २५ लाखसम्म कर्जा दिँदा कायम गर्नुपर्ने १०० प्रतिशत जोखिम भारको सिमालाई बढाएर ५० लाख पु¥याएको हो । राष्ट्र बैंकले गएको ७ गते सार्वजनिक गरेको मौद्रिक नीति बमोजिम आज सर्कुलर जारी […]

शेयर, घरजग्गा र सवारी कर्जाको जोखिम भार संशोधन

नेपाल राष्ट्र बैंकले शेयर, घरजग्गा र सवारी कर्जाको जोखिम भारसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले आज एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै वाणिज्य बैंक, विकास बैंक, तथा वित्त कम्पनीहरुलाई परिपत्र गरेको हो । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गर्दै नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा […]

कर्जाको जोखिम भार संशोधन

नेपाल राष्ट्र बैंकले शेयर, घरजग्गा र सवारी कर्जाको जोखिम भारसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ ।

शेयर धितो कर्जाको जोखिम भार कति तोक्ने भन्नेमा स्पष्ट छौं : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर, घरजग्गा र सवारीसाधन धितो कर्जाको जोखिम भार कति संशोधन गर्ने भन्नेमा राष्ट्र बैंक स्पष्ट रहेको बताउनुभएको छ । आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्ता प्रकृतिका धितो कर्जाको जोखिम भारसम्बन्धी विद्यमान थ्रेसहोल्ड संशोधन गरिने बताउनुभयो । चालु आर्थिक […]

अनुत्पादक क्षेत्रको कर्जा घटाउन दबाब

बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले अनुत्पादक मान्दै आएका क्षेत्रको कर्जा प्रवाह घटाउन दबाब परेको छ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट, व्यक्तिगत सवारीसाधन खरीद, रियल इस्टेट, शेयर धितो र ट्रस्ट रसिद (टीआर) कर्जामा जोखिम भार वृद्धि गरेपछि यी क्षेत्रमा कर्जा घटाउन बैंकहरूलाई दबाब बढेको हो । बैंक तथा वित्तीय संस्थाहरूले यी क्षेत्रमा कर्जा प्रवाह गर्दा जोखिम भार वृद्धि हुने र यसको असर बैंकको पूँजी पर्याप्तता अनुपात (क्यापिटल एड्युकेसी रेसियो) वृद्धि हुने भएपछि यस क्षेत्र

अनुत्पादक क्षेत्रको कर्जा घटाउन बैंकहरूलाई दबाब

काठमाडौं, फागुन १५ । बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले अनुत्पादक मान्दै आएका क्षेत्रको कर्जा प्रवाह घटाउन दबाब परेको छ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट, व्यक्तिगत सवारीसाधन खरीद, रियल इस्टेट, शेयर धितो र ट्रस्ट रसिद (टीआर) कर्जामा जोखिम भार वृद्धि गरेपछि यी क्षेत्रमा कर्जा घटाउन बैंकहरूलाई दबाब बढेको हो । बैंक तथा वित्तीय […]