सीमा नाकामा चहलपहल :  बढायो कोरोना जोखिम

कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको ताँती सीमा क्षेत्रमा लागेको छ ।सीमा क्षेत्रमा बढ्दो भीडभाडले कोरोना जोखिमसमेत बढाएको छ । यद्यपि, सरकारले कोरोना जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा प्राथमिकतासाथ कोरोना परीक्षणलाई समेत तयारी अवस्थामा राखेको छ । प्रदेश २ का आठवटा जिल्लाका सीमा नाका खुला गरिएका छन् । सो क्षेत्रमा स्वास्थ्य संवेदनशीलतालाई ख्यालमा र

सम्बन्धित सामग्री

कोरोना जोखिम हटेपछि मुस्ताङमा बढ्यो पर्यटकको चाप

पर्वत :  तिर्थालु तथा प्रकृतिमा रमाउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको छ- मुस्ताङ।  कोभिड संक्रमणको अवस्था सामान्य बनेसँगै पर्यटकको चहलपहल ह्वात्तै बढेको छ।कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयसम्म हवाई तथा स्थल मार्गमार्फत मुस्ताङ जान बन्देज लगाइएको थियो। त्यसपछि मौसममा परिवर्तनसँगै दिनहुँ वर्षा र पहिरोका कारण सुनसान बनेको मुस्ताङमा अहिले पर्यटकको उपस्थिति हवाई र स्थल मार्ग दुवैबाट बाक्लो बनेको छ। विगतका वर्षमा यो बेलामा कोभि

हनुमानढोका दरबार क्षेत्रमा बढ्यो विदेशी पर्यटकको चहलपहल

पुस १४, काठमाडौं । कोरोनाको जोखिम कम भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना जोखिम कम हुँदै गएपछि गत साउन महीनादेखि हनुमानढोका दरबार क्षेत्र विदेशी पर्यटकका लागि खुला गरिएको थियो ।  साउन महीनामा दक्षिण एशियाली देशका ११ र अन्य देशका ३८ गरी ४९ पर्यटक हनुमानढोका दरबार क्षेत्रमा आएका थिए । भदौ महीनामा अन्य देशका ७१ र दक्षिण एशियाली देशका ३० गरी १०१ पर्यटक आएको काठमाडौं महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजुले जानकारी दिए । असोज महीनामा भने हनुमानढोका दरबार क्षेत्रमा विदेशी पर्यटकको संख्या ह्वात्तै बढेको थियो । असोजमा अन्य देशका ४७२ र दक्षिण एशियाली देशका १४९ गरी ६२१ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका छन् । असोजको तुलनामा कात्तिकमा दरबार क्षेत्रमा विदेशी पर्यटकको संख्या तीन गुणाले बढ्यो ।  कात्तिकमा अन्य देशका एक हजार ५१८ र दक्षिण एशियाली देशका ५८५ गरी दुई हजार १०३ विदेशी पर्यटक दरबार क्षेत्रमा आएका छन् । कोरोना भाइरसको नयाँस्वरुप ओमिक्रोन फैलन थालेकाले मंसिरमा भने पर्यटकको संख्या केही घटेको छ । मंसिरमा अन्य देशका एक हजार २२० र दक्षिण एशियाली देशका ६५३ गरी एक हजार ८७३ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका छन् । हनुमानढोका दरबार क्षेत्र भ्रमण गर्न आउने सार्क र बिम्स्टेक देशका नागरिकका लागि रू. १५० शुल्क लिइन्छ । अन्य देशका नागरिकलाई भने रू. एक हजार लिने गरिएको लेखा अधिकृत खुयाजुले जानकारी दिए । पर्यटकबाट आर्थिक वर्ष २०७५/२०७६ मा रू. १८ करोड ७२ लाख २५ हजार ४५० आम्दानी भएको थियो । कोरोनाका कारण आव २०७६/२०७७ मा रू. ११ करोड ९९ लाख ६० हजार ५६० शुल्क उठेको छ । कोरोनाको सबैभन्दा धेरै प्रभाव आव २०७७/२०७८ मा परेको देखिन्छ । यो वर्ष रू. १३ लाख ५८ हजार ४५० मात्र शुल्क उठेको कार्यालयले जानकारी दिएको छ ।  चालू आर्थिक वर्ष मंसिर मसान्तसम्म रू. ३६ लाख शुल्क उठेको छ । विदेशी नागरिकलाई टिकट दिन कार्यालयले ६ ओटा काउन्टरको व्यवस्था गरेको छ । जुद्ध सालिक, झोँछे, दशअवतार मन्दिरअघि, सिंहसत्तल, प्याफल र मक्खन पशुपति मन्दिर छेउमा गरी ६ ओटा काउन्टरले विदेशी पर्यटकलाई टिकट दिएर मात्र हनुमानढोका दरबार क्षेत्र प्रवेश गराउँछन् । रासस

मोफसलका व्यापारी तीनै तहका सरकारबाट उपेक्षित

धरान । कोरोना महामारीले आहातमा परेका मोफसलका व्यापारी तथा उद्योगी तीनै तहका सरकारबाट उपेक्षामा परेका छन् । कोरोना जोखिम न्यून हुँदै गएपछि दुई महिनादेखि बजारमा चहलपहल बढ्दै गएको छ । तर, कोरोनाका बेला भएको क्षतिबारे अझै पनि सरकारले राहत दिन नसक्दा उनीहरु मर्कामा परेका हुन् । राजधानीमा रहेका उद्योगी, व्यापारीले सरकारले उपलब्ध गराएको सुविधा उपयोग गर्न पाए पनि मोफसलमा नगराइँदा राज्यले उपेक्षा गरेको गुनासो गर्न थालेका छन् । कोरोना कालमा भएको क्षति पूर्ति गर्न सरकारले राजस्वलगायत करमा छुट दिने घोषणा गरेको थियो । तर, मोफसलका उद्योगी, व्यापारी राहत पाउन नसकिएको गुनासो गर्छन् । कोरोना महामारी सुरु भएसँगै घोषणा भएको बन्दाबन्दीका कारण करोडौंको स्टक सामग्रीमा क्षति पुगेको छ । पछिल्लो दुई महिनायता कोरोना खुकुलो भएकाले व्यापार सुरु गर्न खोजिरहे पनि कुनै सरकारबाट राहत पाउन नसकिएको धरानका व्यापारी पितरुमल अग्रवाल बताउँछन् । कोरोनाकालमा दिने भनिएको कर तथा बैंक ब्याज छुट पनि नपाएको उनको गुनासो छ । ‘राजधानीमा पहुँच पुग्नेहरुले सुविधा लिए । बैंकबाट थप ऋण लिन सफल भए । तर, बाहिरका व्यापारीले कुनै राहत पाएका छैनन्,’ अग्रवाल भन्छन् । लामो समयदेखि बन्द रहेका व्यापार व्यवसाय सञ्चालनको तयारी गरिए पनि चालू वर्षमा राजस्व बढ्दा थप असर पुगेको उनको भनाइ छ । भन्सारका कर वृद्धि हुँदा बजार मूल्य बढ्दै गएको उनको बुझाइ छ । उनले भने, ‘राजस्व ठीकै छ तर भन्सारतिर मूल्यांकन बढेको छ, जसले  सामानको मूल्य बढाएको छ । यसबाट उपभोक्तालाई मर्का परेको छ ।’ धरानका व्यावसायी तथा व्यापारीलाई घर भाडा र बैंकको किस्ता तिर्न समस्या हुँदै गएको उनले सुनाए । अग्रवालले भने,  ‘व्यापारीलाई किस्ता तिर्न गाह्रो भएको छ । सोही कारण धेरै व्यापारी पलायन हुने अवस्थामा पुगेका छन् । सरकारले दिएको सुविधा पाउन सकेका छैनन् ।’ सुनसरी उद्योग वाणिज्य संघका अनुसार धरानमा दैनिक २५ करोड रुपैयाँको कारोबार हुने गरेको छ । तर, यस वर्षको दशैंमा पनि त्यति कारोबार हुन सकेन । बजारमा चहलपहल बढे पनि कारोबार भने ७ देखि ८ करोडसम्मको मात्रै भएको संघ अध्यक्ष गिरिधारी सापकोटाले बताए । व्यापारीले आफ्नै जिम्मेवारीमा बजार सञ्चालनमा ल्याउन थाले पनि सरकारले कुनै सहयोग नगरेको उनको गुनासो छ । उनी भन्छन्, ‘राजधानी बाहिरका व्यापारीले स्थानीय, प्रदेश सरकार कतैबाट पनि सहयोग पाएका छैनन् । त्यसकारण अबको ६ महिनामा व्यापारी पलायन हुने वा अन्य विकल्प खोज्ने अवस्थामा पुग्ने अवस्था आएको छ ।’ कोरोनाकालमा थन्किएका सामान सस्तो मूल्यमा बिक्रीमा राख्नुपर्ने बाध्यताले पनि बजार कारोबार कम भएको उनको भनाइ छ । धरानका प्रायः व्यापारीले पुराना लत्ताकपडाको सेल लगाएका छन् । सेलमा सस्तो मूल्यमा कपडा बिक्री गरिने हुँदा कारोबारमा पनि कमी आएको उनको अनुमान छ । घर भाडादेखि लिएर करमा सरकार वा स्थानीय सरकार कसैले छुट दिएको पाइँदैन । सरकारले घर भाडा बहाल कर, राजस्व छुट दिने घोषणा गरे पनि यहाँका व्यवसायी तथा व्यापारीले हालसम्म पाएका छैनन् । । तीनै तहका सरकारसँग एक वर्षको  छुटका लागि पहल गरे पनि सुनुवाइ नभएको संघ अध्यक्ष सापकोटाले बताए । धरान उपमहानगरले भने व्यवसाय करमा २५ प्रतिशत छुट घोषणा गरेको छ ।

तंग्रिन थाले काभ्रेका होटल व्यवसाय

भदौ ३१, बनेपा । धुलिखेल तथा बनेपाका होटलमा विस्तारै आन्तरिक पर्यटकको चहलपहल शुरुआत हुन थालेको छ ।  कोरोना जोखिम कम हुँदै गएपछि यहाँका होटल व्यवसायले पुरानै लयमा फर्कने प्रयास गर्दैछ । पछिल्लो समयमा आन्तरिक पर्यटक आउन थालेका  तथा सरकारी तथा गैरसरकारी संघ सस्थाका तालिम कार्यक्रम हुनेक्रम शुरु भएका छन् । बनेपा नगरपालिका–६ धुलिखेलस्थित हिमालय दृश्य रिसोर्ट पुनःसञ्चालनमा आएको छ । कोभिड–१९ का कारण सो होटल बन्द थियो । आन्तरिक पर्यटकको संख्या विस्तारै बढ्न थालेको होटलका व्यवस्थापक अशोक बडालले जानकारी दिए । विसं २०७७ चैत महीनादेखि सो होटल सञ्चालनमा आएको थियो । शुक्रवार र शनिवार आन्तरिक पर्यटकको आवागमन बढ्दै गएको उनले बताए । धुलिखेल नगरपालिका–८ भट्टेडाँडामा रहेको होटल सारथीमा पनि पछिल्लो समयमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । होटलका सञ्चालक प्रल्हाद प्याकुरेलका अनुसार कोभिडले सबैभन्दा बढी होटल व्यवसायलाई प्रभावित बनाएको बताए । ‘अहिले संक्रमणदर कम हुँदै गएपछि विस्तारै चहलपहल बढ्न थालेसँगै छ’, उनले भने, ‘विशेषगरी शुक्रवार र शनिवारका दिन आन्तरिक पर्यटकको चहलपहल बढ्नुका साथै सरकारी, गैरसरकारी संघसंस्थाका तालिम, गोष्ठी र सेमिनार सञ्चालन गर्न थालेका छन् ।’ ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ का अवसरमा यहाँ सरकारी, गैरसरकारी  र निजी क्षेत्रसँगको सहकार्यमा विविध कार्यक्रम अगाडि बढाइएको थियो । यसबीचमा कोभिड–१९ संक्रमणको जोखिम देखाप¥यो । सञ्चालक प्याकुरेलले भने ‘सरकारले पर्यटन व्यवसायलाई दिने भनेको सुहलियतपूर्ण छुटलाई कार्यान्वयन गर्न आवश्यक छ ।’ धुलिखेल नगरपालिका–३ स्थित होटल मिरावेल रिसोर्टका सञ्चालक दीपक थापाले आन्तरिक पर्यटकका लागि सेवा सुविधा थप्नुका साथै शुल्कमा पहिलाको भन्दा २० देखि २५ प्रतिशतसम्म कम गरेको बताए । ‘होटलमा व्यापारिक, गैरसरकारी संघसंस्थाको गोष्ठी, तालिमका कार्यक्रम सञ्चालन र पारिवारिक घुमघामका लागि पर्यटक आउन थालेका छन् ।’ धुलिखेलमा मात्रै साना–ठूला गरी करीब ६५–७० होटल सञ्चालनमा छन् । कोरोना भाइरस संक्रमण प्रभावका कारण लामो समयसम्म बन्द रहेको होटल व्यवसाय संक्रमणदर कम भएसँगै विस्तारै सञ्चालन गर्न थालेका हुन् । जिल्लामा रहेको ठूला तथा मझौला खालका होटल व्यवसाय सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकको चहलपहल पनि बढ्न थालेको छ । पछिल्लो समयमा सरकारले होटल क्षेत्रमा काम गर्ने कर्मचारीका लागि खोपको सेवा उपलब्ध गराएको थियो । विषेशगरी पर्यटकका लागि सेप्टेम्बर र अक्टोबर महिना घुमघाम गर्ने याम मानिन्छ । बाह्य पर्यटकको आवागमन शून्यप्रायः भए पनि आन्तरिक पर्यटकले आफ्नो गतिविधि बढाउनुले व्यवसायमा आशा जगाएको होटल सञ्चालक बताउँछन् । रासस

आजदेखि खुल्यो पशुपतिनाथ मन्दिर

हिन्दुहरुको महत्वपूर्ण धार्मिकस्थल पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुलेको छ । मन्दिर बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको हो ।  नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि  पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको चहलपहल देखिएको छ । कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । मन्दिरमा सामाजिक दूरी पा...

लामो पुलमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

बागलुङ । बागलुङ र पर्वत जोड्नेगरी निर्माण गरिएको नेपालकै लामोे झोलुंगे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः शुरू भएको छ । लामो समयको निषेधाज्ञा र निरन्तरको वर्षाका कारण घरमै बस्न बाध्य आन्तरिक पर्यटकले पुल वरपरको क्षेत्र भरिभराउ हुन थालेको छ । कालीगण्डकी नदीमाथि निर्माण गरिएको उक्त पुलको लम्बाइ ५६७ मिटर रहेको छ । गण्डकी प्रदेशको धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर नजिकै २५ रोपनी क्षेत्रफलमा फैलिएको शहीद उद्यानबाट पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने सो पुलमा अहिले आन्तरिक पर्यटक आउन थालेका हुन् । कोरोनाको पहिलो लहरपछि सर्वसाधारणका लागि खुला गरिएको उक्त पुल दोस्रो लहरमा बन्द थियो । अहिले बागलुङ बजारवासी पुल तरेर पर्वतको कुश्मा–१ अदुवाबारीमा घुम्न जाने, रेष्टुराँमा खाजा खाने र कालीगण्डकी किनारामा रमाउने गर्न थालेका छन् । अदुवाबारीमा रहेका आधा दर्जन रेष्टुराँ तथा पसल पर्यटकले भरिभराउ हुने गरेका छन् । कोरोना जोखिम कायमै रहेकाले पुलमा बागलुङ र पर्वत बाहिरका पर्यटक भने खासै आएका छैनन् । निषेधाज्ञा खुकुलो भएसँगै पुलमा घुम्न आउने बढेपछि सुरक्षाका लागि प्रहरीसमेत तैनाथ गरिएको छ । पुल निर्माण गर्दा असर परेको शहीद उद्यानमा बागलुङ नगरपालिका र वन विभागको साझेदारीमा सौन्दर्य अभिवृद्धि गरेकाले पनि पर्यटक बढ्न थालेका छन् । साविक धवलागिरि अञ्चलकै ठूलो जनघनत्व भएको बागलुङ बजार नजिकै शहीद उद्यान र लामो पुल भएकाले पर्यटकको भीड लाग्ने गरेको छ । नियमित रूपमा प्रातः तथा सायमकालीन पैदल भ्रमण गर्नेले समेत पुल र उद्यान भरिन थालेको छ ।      ४० लाखमा गत असारमा उद्यानलाई थप सुन्दर बनाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘पुल निर्माण गर्दा उद्यानमा क्षति पुगेकाले आलोचनासमेत खेप्नुपरेको स्मरण गर्दै पुल निर्माणपछि उद्यानलाई पुनः व्यवस्थित गरेका छौं,’ उनले भने ।  रासस

निषेधाज्ञाले सुस्तायो लमजुङको पर्यटन

लमजुङ । कोरोना कहरको पहिलो लहर सकिएपछि लय लिन थालेको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । लमजुङमा कोरोनाले थला पारेको पर्यटनले लय लिन नपाउँदै संक्रमणको दोस्रो लहरका कारण पुनः सुस्ताएको हो ।      जिल्लामा रहेको क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ, बेंसीसहर नगरपालिका–३ काउलेपानी, राइनास नगरपालिका–९ राइनासकोट, मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङलगायत घरबास तथा पर्यटकीय स्थलमा कोरोना संक्रमणका कारण यतिबेला सुनसान बनेका छन् । यसअघि पहिलो चरणको कोरोनाले प्रभावित बनेको सो क्षेत्रमा तीन/चार महिनादेखि  पर्यटक आगमन भएर विस्तारै लय समाउँदै गरेको अवस्थामा पुनः दोस्रो चरणको महामारीका कारण पर्यटन व्यवसाय ठप्प भएको छ ।    घलेगाउँमा २०७६ चैत ११ गतेदेखि भदौ तेस्रो सातासम्म ठप्प रहेको घरबास विस्तार खुल्न थालेका थिए । दोस्रो चरणको कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा हुनु केही दिनअघि दैनिक ५०० जना हाराहारी आन्तरिक पर्यटक आउने गरेका थिए । तर, पुनः कोरोना जोखिम बढेसँगै पर्यटन क्षेत्र बन्द हुँदा घरबास सञ्चालक तथा पर्यटन व्यवसायीले घाटा सहनुपरेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमल विकले बताए । उनले भने, ‘हामीले यतिका समय पर्यटन व्यवसाय थला परे पनि  अब त विगतकै लयमा फर्किने सोचेका थियौं तर कोभिडकै कारण त्यसो भएन ।’ घलेगाउँका घरबास सञ्चालहरूको मुख्य आम्दानीकै स्रोत पर्यटन रहेकाले निषेधाज्ञाका कारण पर्यटक आगमन ठप्प हुँदा परिवारको गुजारा चलाउन समस्या पर्ने घलेगाउँ घरबास सञ्चालक तथा पर्यटन व्यवसायी दीर्घराज घले बताउँछन् ।      पर्यटक चहलपहल हुँदा यहाँका प्रत्येक घरबास सञ्चालकले मासिक कम्तीमा पनि ५०/६० हजार रुपैयाँ आम्दानी गर्दै आएका थिए । कोरोनाका कारण पर्यटक नै नआएपछि आम्दानी गर्ने बाटो बन्द हुँदा पर्यटन व्यवसायीको लगानी जोखिममा परेको छ । २०५७ बाट सञ्चालनमा आएको यो घरबासमा यतिबेला ३७ घर छन् । घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगै आप्mना कला, संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीहरुको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायत लोपोन्मुख सांस्कृति नृत्यसमेत प्रस्तुत हुने गरेको थियो । ०६२/६३ को जनआन्दोलनपछि गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्री स्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । घलेगाउँ समुद्री सतहदेखि २ हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गम थलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँसमेत हो । घलेगाउँबाट ६९८६ मिटर उचाइको लमजुङ हिमाल, ७९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६९६३ मिटर उचाइको माछापुच्छे« हिमाल, ८१६३ मिटर उचाइको मनास्लु हिमाल, ७८९३ मिटर उचाइको हिमालचुली, ७८३५ मिटरमा रहेको ङादीचुली (डा. हर्क हिमाल) र ६६७२ मिटर उचाइको बुद्व हिमाल आँखै अगाडि देख्न सकिन्छ ।      निषेधाज्ञाअघि दैनिक डेढ जनासम्म पर्यटक आउने गरेकामा अहिले ठप्प भएको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिए । रासस

मास्क नलगाउनेलाई सडकमै हिरासत

पर्वत : लकडाउन अन्त्य भएको घोषणापछि पर्वत सदरमुकाम कुस्मा बजारमा चहलपहल निकै बढ्दै गइरहेको छ। व्यापार व्यवसाय बिस्तारै लयमा फर्किँदै छन्। मानिसको चहलपहलसँगै व्यापार बढ्दा कोरोना जोखिम पनि बढी भएको छ। सडकमा हिँड्नेले मास्क प्रयोग नगरेपछि जिल्ला प्रहरी कार्यालय पर्वतले मास्क लगाउने बानी पार्न नयाँ तरिका अपनाएको छ। ड्युटीमा...

वीरगन्जमा व्यापार बढ्यो, तर सुरक्षा सतर्कता फितलो

लकडाउन खुकुलो भएसँगै वीरगन्जका पसलहरूमा भिडभाड र  चहलपहल बढेको छ । कोरोना जोखिम नियन्त्रणका लागि दुई देशको