महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पूर्व प्रधानन्यायाधीश बाहेकका अन्य व्यक्तिसँग सोधपुछ गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले समितिमा बयानका क्रममा आरोप लगाएका सबैलाई सोधपुछका लागि समितिले बोलाएपछि सर्वोच्चका न्यायाधीश तथा पूर्व प्रधानन्यायाधीशले समितिमा गएर बयान नदिने अभिव्यक्ति सार्वजनिक गरेका थिए ।पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, सुशीला कार्की, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठले समितिको बैठकमा नजाने बताएका छन् भन