संसदीय विशेष समितिले आज निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिने

काठमाडौं : संसदीय विशेष समितिले बिहीबार निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने भएको छ। समितिले आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका वेला अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश र त्यस समयको सीसीटीभी फुटेज हराएको विषयमा बिहीबार बिहान शर्मासँग सोधपुछ गर्न लागेको हो। शर्मासँग बिहान साढे ८ बजे  बयान लिने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनाधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी