सरकारी वकिलले भोलि टेकनाथ र आङटावाको बयान लिने

५ जेठ, काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले भोलि (शनिबार) भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र पूर्वसभासद् आङटावा शेर्पाको बयान लिने भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको आरोपमा पक्राउ परेका दुवै जनाको बयान लिन शनिबार पनि सरकारी वकिलको कार्यालयले काम गर्ने भएको हो । […]

सम्बन्धित सामग्री

सन्दीपका वकिल भन्छन्, ‘बयान लिने काम आधा सकियो’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेका वकिल सरोज घिमिरेले बयान लिने काम आधा सकिएको बताउँदै असोज ३१ गतेसम्म अनुसन्धान सकिने विश्वास गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप ७ दिनको समय माग गरे पनि अदालतले ५ दिनको म्याद मात्र थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताए ।उनले यो मुद्दा एक व्यक्तिसँग मात्र नभई संस्थासँग पनि सम्बन्धित रहेकाले फास्ट ट्रयाकमा सक्नुपर्ने बताए । सन्दीपमाथि थप ५

महाभियोग समितिले चोलेन्द्रसँग शुक्रबार पूरक बयान लिने

महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेशन्द्रशमशेर राणासँग शुक्रबार फेरि बयान लिने भएको छ ।

चोलेन्द्रसँगको बयान सकियो, अव उनले नाम लिएका व्यक्तिसँग बयान लिने तयारी

काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकेको छ । जबरासँगको एकसरो बयान सकेको र अब उनले नाम लिएका व्यक्तिहरू र भनेका केही कुरामाथि प्रतिप्रश्न गरेर बयान लिने निर्णय गरिएको समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिए । उनले चोलेन्द्रले नाम लिएका व्यक्तिलाई बोलाइने र उनीसँग पनि प्रतिप्रश्न गरिने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग फेरि बयान लिने

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बिहीबार पनि बयान लिने भएको छ । बुधबार उनको बयान नसकिएपछि बिहीबार पनि लिने समितिका सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बताए । समितिले जबरालाई सोध्ने ४३ वटा प्रश्न तयार पारेको थियो । तर बुधबार ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । बुधबार बयान दिएका जबराले […]

प्रधानन्यायाधीश जबरासँग समितिले भोलिपनि बयान लिने

काठमाडौं, १५ भदौ । संसदको महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भोलिपनि बयान लिने भएको छ । आज बयानका लागि जबरा समितिमा पुगेका थिए । आजको बयान नसकिएपछि जबरालाई भोलि (बिहीबार) बिहान ११ बजे फेरि बोलाइएको समितिका एक सदस्यले जनाए । आज उनीसमक्ष चार वटा मात्र प्रश्नमा सवाल जवाफ भएको थियो । तस्विर : मुकुन्द […]

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग आज बयान लिने

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज बयान लिने भएको छ।...

आज महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने

काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो । नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग […]

महाअभियोग समितिले १५ गते प्रधानन्यायाधीश राणासँग बयान लिने

काठमाण्डाै – प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग आउँदो १५ गते बयान लिने भएको छ । समितिको आज बुधवार बसेको बैठकले प्रधानन्यायाधीश राणालाई आफ्नो कुरा राख्नका लागि आउँदो १५ गते बिहान ११ बजे बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिनुभयो । यस्तै बैठकले आफ्नो आन्तरिक कार्यविधि र कार्यतालिका पनि पारित गरेको छ । आन्तरिक कार्यतालिकामा भदौ ९ देखि १२ भदौसम्म राणाविरुद्धको प्रमाण सङ्कलन गर्ने र त्यसमाथि अध्ययन गर्ने उल्लेख छ । समितिल...

संसदीय विशेष समितिले आज निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिने

काठमाडौं : संसदीय विशेष समितिले बिहीबार निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने भएको छ। समितिले आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका वेला अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश र त्यस समयको सीसीटीभी फुटेज हराएको विषयमा बिहीबार बिहान शर्मासँग सोधपुछ गर्न लागेको हो। शर्मासँग बिहान साढे ८ बजे  बयान लिने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनाधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी

छानबिन समितिले आज पूर्वअर्थमन्त्री शर्मासँग बयान लिने

काठमाडौं। अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज (बुधबार) पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने भएकाे छ । मंगलबार बसेको संसदीय विशेष समितिको बैठकले पूर्वअर्थमन्त्री शर्मालाई बुधबार बयानका लागि बोलाउने निर्णय गरेको हो । सीसीटीभी फुटेज गायब भएपछि छानबिनका लागि संसदीय छानबिन विशेष समिति […]