काठमाडौं । भारतबाट आयात गर्ने विद्युत्को मूल्य बढी पर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले अर्को बाटो रोजेको छ । प्रतिस्पर्धात्मक प्रक्रियाबाट विद्युत् खरिद गर्दा सस्तो पर्ने देखिएपछि प्राधिकरणले विडिङमार्फत विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।नेपालको लागि हिउँद महिनामा आवश्यक पर्ने विद्युत् भारतबाट प्रत्यक्ष रूपमा खरिद गर्दा महँगो पर्ने भएपछि विडिङ मार्फत आयात गर्न लागिएको हो । नेपाललाई पुसदेखि ५ महिनाको लागि आवश्यक पर्ने विद्युत् प्रतिस्पर्धात्मक माध्यमबाट खरिद गर्न लागिएको प्