हुम्लाको सदरमुकाम सिमकोटसहित दुई वटा गाउँपालिकालाई विद्युत् सेवा दिँदै आएको नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरणले आजदेखि एक हप्तासम्मका लागि विद्युत् आपूर्ति बन्द गरेको छ ।विभिन्न समयमा विभिन्न बहानामा बनाउँदै पटकपटक सेवा ग्राहीलाई अँध्यारोमा बस्नुपर्ने बाध्यता बनाउँदै विद्युत् प्राधिकरणको सेवाबाट यहाँका सेवाग्राहीले सास्ती खेपिरहनुपरेको छ ।
मर्मतका लागि बर्सेनि करोडौँ रकम खर्च गरेको भए पनि विद्युत् सेवा नियमित हुन नसक्दा सिमकोटबासी, खार्पुनाथ गाउँपालिका र सिमकोट गाउँपालिकाका सेवाग्राहीले सास्ती खेप्दै...