नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १–० को साँघुरो जित निकाल्दै स्थान सुधार गरेको हो । ४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै हिमालयनलाई तीन अंक जोड्न पर्याप्त बन्यो । यो जितपछि हिमालयन शेर्पा नवौँ स्थानबाट पाँचौ स्थानमा उक्लिन सफल भएको हो । सातादोबाटोका मार्टिन एलडेल्फी सिलोले त्रिदेव गुरुङलाई लडाएपछि