धनकुटा प्रवासी सेवा समाजको साँस्कृतिक कार्यक्रम

२२ डिसेम्बर, दोहा(कतार) । सन् २००४ मा कतारमा 'धनकुटा प्रवासी सेवा समाजको चाहना, शुद्ध समाजिक भावना' भन्ने नाराका साथ स्थापित धनकुटा प्रवासी सेवा समाज कतारले उमसलालमा साँस्कृतिक कार्यक्रम गरेको छ । स्थानीय दाना रिसोर्टमा १५ डिसेम्बर २०१७ मा भब्य रुपमा भोजन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संस्थाका कार्यबाहक अध्यक्ष …

सम्बन्धित सामग्री

वडाध्यक्षले किनिदिए विद्यार्थीलाई पोशाक

धनकुटा । महालक्ष्मी नगरपालिका–२ का वडाध्यक्ष पदम रखाल मगरले आफुले पाउँने पैसाबाट विद्यार्थीलाई पोशाक किनिदिएका छन् । सेवा सुविधा बापत आफूले पाउँने तीन महिनाको पैसाबाट वडाध्यक्ष मगरले महालक्ष्मी–२ सान्नेटारस्थित ऐश्वर्य आधारभुत विद्यालयका विद्यार्थीलाई पोशाक किनिदिएका हुन् । बुधबार कार्यक्रम गरेर वडाध्यक्ष मगरले विद्यार्थीहरुलाई पोशाक वितरण गरेका छन् । उनले सो विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थीलाई […] The post वडाध्यक्षले किनिदिए विद्यार्थीलाई पोशाक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

क–कसले पाए उत्कृष्ट निजामती सेवा पुरस्कार ?

काठमाडौं । सरकारले २०औं निजामती सेवा दिवसका अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । २०औं निजामती सेवा दिवस मूल समारोह समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई प्रदान गर्नुभयो । पुरस्कृत हुनेमा धनकुटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सहसचिव बुद्धिबहादुर गुरुङ, उपसचिव कविन्द्र नेपाल, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, उपसचिव रामप्रसाद लम्साल, राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथलीका निर्देशक ढुण्डीराम लामिछाने, मालमोत अधिकृत चन्द्रप्रसाद मिश्र, कम्प्युटर अधिकृत सुनिलकुमार केसी, कोष तथा लेखा नियन्त्रणक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मीकृष्ण हमाल र नायब सुब्बा शुभलक्ष्मी लामा छन् । पुरस्कारको राशि जनही रु एक लाख छ ।  त्यसैगरी ५० हजार राशिको निजामती सेवा पुरस्कार कान्ति बाल अस्पतालका प्रमुख अस्पताल नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुइतुइ, उपसचिव डा डमरुबल्लभ पौडेल, उपसचिव चुडाराम सापकोटा, इन्जिनियर किशोर पन्थी र शाखा अधिकृत नवराज तामाङ ब्लोनसहित ३० जना निजामती कर्मचारीलाई प्रदान गरिएको छ ।  त्यसैगरी गत वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार उपसचिवहरू दीपकप्रसाद खतिवडा, हरिप्रसाद ज्ञवाली, मुना शर्मा, शोभाखर रेग्मी, सन्तोष पौडेल, लिलाकान्त पौडेल र शान्तिबहादुर बस्नेतसहित १० जनालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु एक लाख छ । त्यसैगरी गत वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार ३० जना कर्मचारीलाई प्रदान गरिएको छ ।  ‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।  विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर निजामती दिवस मनाउन थालिएको हो । रासस

सन् राइज बैंकको विस्तारित काउन्टर धनकुटामा

सन् राइज बैंकले धनकुटा नगरपालिका–५ मा रहेको करदाता सेवा कार्यालयमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा सञ्चालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले सो विस्तारित काउन्टरको उद्घाटन गरे । कार्यक्रम बैंकका प्रदेश–१ प्रमुख विवेककुमार निरौलासहित धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश […]

धनकुटाको करदाता सेवा कार्यालयमा सनराइज बैंकको काउन्टर

काठमाडौं । सनराइज बैंक लिमिटेडले धनकुटा नगरपालिकाको वडा नं. ५ मा अवस्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टरको सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा संचालनमा आएसंगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ । काउन्टर समुद्घाटन कार्यक्रम सनराइज बैंकका १ नं. प्रदेश प्रमूख विवेक कुमार निरौला तथा सनराइज बैंक धनकुटा शाखाका […]

सनराइज बैंकको विस्तारित काउन्टर धनकुटाकाे कर कार्यालयमा

सनराइज बैंकले धनकुटा जिल्लाको करदाता सेवा कार्यालयमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा संचालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ । सो विस्तारित काउन्टर समुद्घाटन कार्यक्रम सन्राइज बैंकका १ नं. प्रदेश प्रमूख विवेककुमार निरौला तथा सनराइज बैंक धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारीले गरेका थिए । […]

सन नेपाल लाइफको अभिकर्ता सम्मान

सन नेपाल लाइफले संखुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयमा बिमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा बिमाको महत्व र दावी भुक्तानी कसरी गर्ने तथा जनमानसमा बिमाको प्रभावकारी भूमिकाको सम्बन्धमा बिस्तार पूर्वक अभिकर्तालाई महाप्रबन्धक गौतमले प्रशिक्षण दिएका थिए ।देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बिमा सेवा प्रदान गर्दै आएको कम्पनीले […]

सरकारले बनाएको कानुन कार्यान्वयन नभएको ज्येष्ठ नागरिकको गुनासो

धनकुटा : ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइएको छ। तर, दिवस मनाइरहँदा ज्येष्ठ नागरिकहरुले भने कागजमा भएको अधिकार व्यवहारमा नपाएको गुनासो गरेका छन्।ज्येष्ठ नागरिकका लागि सरकारले घोषणा गरेको नीति, योजना र कार्यक्रमअनुसारको सहयोग नपाएको उनीहरूको गुनासो छ। ज्येष्ठ नागरिकले निःशुल्क उपचार सेवा र आरक्षणसहितको यातायात सेवा नपाएको गुनासो गरेका छन्।ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा २ मा ‘

सब–इन्जिनियरको लोक सेवा अन्तर्वार्ता स्थगित

काठमाडौँ । लोक सेवा आयोगले सब–इन्जिनियर पदको अन्तर्वार्ता स्थगित गरेको छ । आयोगले एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आयोगका धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयबाट प्रकाशित नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह अन्तर्गतका विभिन्न उपसमूहका राजपत्र अनङ्कित प्रथम श्रेणी, सब–इन्जिनियर पदको अन्तर्वार्ता सम्बन्धी पूर्व निर्धारित कार्यक्रम अर्को सूचना प्रकाशित […]

लोकसेवा आयोगले स्थगित गर्यो नायब सुब्बाको अन्तर्वार्ता

काठमाडौं : लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी अर्थात् नायब सुब्बाको अन्तर्वार्ताका सम्पुर्ण कार्यक्रम स्थगित गरेको छ। सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बमोजिम परीक्षा स्थगित गरिएको आयोगका उपसचिव प्रकाश गुरुङले आइतबार जारी गरेको सूचनामा उल्लेख छ।आयोगका अध्यक्षस्तररीय बैठकको निर्णयले धनकुटा, जलेश्वर, काठमाडौं पोखरा, बुटवल, सुर्खेत र दिपायलबाट आर्थिक वर्ष २०७६-०७७ मा विज्ञापन भई २०७८-०५-११ गतेदेखि कम्प्युटर सीप परीक्षण सञ्चालन गरिएको राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्रा) को परीक्

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले बिहीवार आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारको नीति तथा कार्यक्रम पेश गरेका छन् । कोरोनाको रोकथाम र उपचारलाई प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा महामारीबीच पनि ३ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ । कानूनहरूको निर्माण, लोकसेवाबाट पदपूर्ति शुरू गरिनु र मुख्यमन्त्री सडक योजनाका कामलाई उपलब्धिका रूपमा अथ्र्याइएको नीति तथा कार्यक्रममा सरकारले कोरोना जनसुरक्षा कोष परिचालन गरी कोभिड नियन्त्रणमा उपलब्ध साधनस्रोतको उचित सदुपयोग गरेको र सरकारको ध्यानदृष्टि जनताको स्वास्थ्यमै केन्द्रित गरेको उल्लेख छ । प्रदेशको गौरवको आयोजना घिनाघाट–विराटचोक सडक, ६२ बहुवर्षे  सडक र ७ प्रादेशिक विशेष सडकलाई पनि प्राथमिकतासाथ बजेट विनियोजन गरी निरन्तरता दिइने भएको छ । मुख्यमन्त्री सडक तथा अन्यको समेत उल्लेख्य प्रगति भएको, ४३ हजार हेक्टरमा सिँचाइ पु¥याउने लक्ष्यमा ५३ प्रतिशत प्रगति भएको, स्वीस सरकारको सहयोगमा विकास परियोजना सञ्चालन भएको नीति तथा कार्यक्रममा उल्लेख छ । मौलिक हकको कार्यान्वयन गर्दै कोभिड–१९ बाट जनता जोगाउने काममा सरकार केन्द्रित भएको, जनचेतना, उपचार, सरसफाइ र पोषण जस्ता कार्यक्रम मुख्य प्राथमिकतामा राखेको, डिजिटल स्वास्थ्य प्रदेश कार्यक्रम कार्यान्वयनमा ल्याउन पालिकाहरूसँग समन्वय, स्वास्थ्य केन्द्रमा अनलाइन दर्ता, डिजिटल साक्षरताका लागि वडाहरूसँग समन्वय, डिजिटल प्रदेशको अवधारणालाई स्वास्थ्यको क्षेत्रमा कार्यान्वयन र अक्सिजनको सहज वितरण तथा व्यवस्थापनका लागि संघीय सरकारको समन्वयमा सबै संसाधनको प्रयोग गर्ने र कोरोनाले स्वरूप परिवर्तन गरेको अवस्थामा प्रदेशका सबै अंग परिचालन गर्न योजना बनाइने घोषणा गरिएको छ । सुरक्षाकर्मीको मनोबल बढाउन अतिरिक्त पारितोषिकको व्यवस्था गर्ने, महिला स्वास्थ्य स्वयंसेवकको मनोबल बढाउने कार्यक्रम चलाउने, गुणस्तर स्वास्थ्य सेवाका लागि प्रदेश मातहतका अस्पतालको गुरुयोजना बनाएर अक्सिजन प्लान्ट जडानदेखि मेची २००, धनकुटा र पाँचथर १०० र अन्य जिल्लामा ५० शय्या थप गरिने, मदन भण्डारी ट्रमा सेन्टरको क्षमता विस्तार, रेफरल अस्पताल र जिल्ला अस्पताल क्षमता वृद्धि, विशेषज्ञ स्वास्थ्य सेवा तथा अनुभव आदानप्रदान गर्न निजीसँग सहकार्य गरिने कार्यक्रममा उल्लेख छ । संविधान बमोजिम गठन भएका राष्ट्रिय आयोगसँग सम्बन्धित समुदायको विकासमा टेवा दिन आयोगसँग समन्वय गर्ने, छुवाछुतमुक्त अभियान चलाउने, वीर शहीद नमूना गाउँका लागि विस्तृत परियोजना प्रतिवेदनको आधारमा निर्माण गर्ने, राजनेता पार्क निर्माणलाई अघि बढाउने पुरानै कार्यक्रमलाई पनि सरकारले अघि बढाउने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने, आगामी आर्थिक वर्षमा प्रदेश सरकारको नेतृत्व र विकास साझेदारको सहभागितामा आवधिक योजनाको प्राप्तिमा सहयोग गर्ने साना उद्यम तथा परियोजना सञ्चालन गर्ने, प्राविधिक शिक्षा दिई कामदारलाई प्रमाणपत्र दिने र प्रदेशले सञ्चालन गर्ने योजनामा स्थानीय पहुँच बढाइने घोषणा गरिएको छ । यसैगरी अग्र्यानिक कृषि अभियानलाई जोड दिइने, कृषि उत्पादन गर्न भूमि बैंक स्थापना गर्ने, सार्वजनिक जग्गा, पोखरी र बाटोको अभिलेख तयार गर्ने र अतिक्रमण हटाउने कार्यक्रम छन् । विराटनगर विमानस्थल बनाउन अधिग्रहण गर्ने जग्गाको काम अघि बढाउन पहल लिने, शीत भण्डारण बनाई ताजा फलफूल निर्यात प्रवद्र्धन गरिने र होम स्टे निर्माणमा सहयोग गरिने नीति तथा कार्य    क्रममा उल्लेख छ । प्रदेशका आफ्नो केन्द्रीय सचिवालयको गुरुयोजना बनाई निर्माण थाल्न बजेटको व्यवस्था गर्ने, प्रादेशिक सडक र मोटरेबल पुलको निर्माणमा जोड दिने । ५६ पुल बनाउन बजेट विनियोजन गर्ने, दश नयाँ मोटरेबल पुल निर्माणको शुरुआत गर्ने घोषणा गरिएको छ । यसैगरी उदयपुर सिमेन्टको क्लिंकर उत्पादन र विद्युतीय बसमा प्रदेश सरकारले लगानी गर्न सक्ने विषयमा अध्ययन गर्ने, सार्वजनिक निजी लगानीमा जल यातायात, ल्याण्ड पुलिङबाट शहरी बासोवासको व्यवस्था, सडक सौन्दर्यलाई योजनामा समन्वय गर्दै शहरी आवास क्षेत्रका सडकमा साइकल लेन निर्माण सरकारको कार्यक्रममा परेका छन् । विद्युत् प्रसारण लाइन निर्माणमा समन्वय गर्न छुट्टै डेस्कको स्थापना गर्ने  सरकारले घोषणा गरेको छ ।