सनराइज बैंकको विस्तारित काउन्टर धनकुटाकाे कर कार्यालयमा

सनराइज बैंकले धनकुटा जिल्लाको करदाता सेवा कार्यालयमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा संचालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ । सो विस्तारित काउन्टर समुद्घाटन कार्यक्रम सन्राइज बैंकका १ नं. प्रदेश प्रमूख विवेककुमार निरौला तथा सनराइज बैंक धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारीले गरेका थिए । […]