काठमाडौं : लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी अर्थात् नायब सुब्बाको अन्तर्वार्ताका सम्पुर्ण कार्यक्रम स्थगित गरेको छ। सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बमोजिम परीक्षा स्थगित गरिएको आयोगका उपसचिव प्रकाश गुरुङले आइतबार जारी गरेको सूचनामा उल्लेख छ।आयोगका अध्यक्षस्तररीय बैठकको निर्णयले धनकुटा, जलेश्वर, काठमाडौं पोखरा, बुटवल, सुर्खेत र दिपायलबाट आर्थिक वर्ष २०७६-०७७ मा विज्ञापन भई २०७८-०५-११ गतेदेखि कम्प्युटर सीप परीक्षण सञ्चालन गरिएको राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्रा) को परीक्