काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीका समस्याकाे समाधान खोज्न सकारात्मक प्रयास गर्ने बताउनुभएको छ ।
आज बिहीवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासङ्घ र नेपाल इन्भेस्टमेन्ट फोरमका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीका समस्याको समाधान खोज्ने सकारात्मक प्रयास गर्ने बताउनुभएको हो । उहाँले चेम्बरले देशको आर्थिक समुन्नतिका लागि सरकारसँग सहकार्य गर्ने विषय सकारात्मक भएको बताउनुभयो । देशको आर्थिक उन्नति अहिले सबैको सरोकारको विषय भएको ब...