काठमाडौँ – पुनर्निमाणको क्रममा गोरखनाथ तथा चार गणेशका पुराना मूर्तिको सट्टा नयाँ मूर्ति राखिएका कारण विवादमा रहेको काष्ठमण्डपको सोमबार उद्घाटन गरिएको छ। सोमबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित काष्ठमण्डपको उद्घाटन गरेकी हुन्। यद्यपि पुनर्निर्माण समितिले यो उद्घाटन नभई लोकार्पण रहेको दाबी गरेका छन्। काठमाडौँ महानगरपालिका–२० मा रहेको काष्ठमण्डपलाई मरुसत्तलका रुपमा पनि चिनिन्छ। सत्तलको मध्यभागको चार […]