काठमाडौं : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुने भएको छ।देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गर्न लागिएको हो। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्।पोखरा महानगरपालिकाले विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण तयारी सकिएको जनाएको छ। उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा महानगरले लिएको छ। समारोहम