प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा प्राण नरहेको टिप्पणी गरेका छन् । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि संसदमा पेस गरेको विनियोजन विधेयकमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।‘दुनियाँमा राजनीतिकदलहरूका आफ्ना–आफ्ना दलका सिद्धान्त, विचार र आधार छन्,’ उनले भने, ‘त्यस आधारमा राजनीतिक दल सञ्चालन हुन्छन् ।’ तर, अर्थमन्त्री शर्माले संसदमा पेस गरेको बजेटको प्राथमिकता र सिद्धान्तमा क