सुदूरपश्चिम प्रदेशसभाकाे १०औँ अधिवेशनमा बजेटका प्राथमिकता तथा सिद्धान्तमाथि छलफल भइरहेकाे छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । मंगलबार बसेको प्रदेशसभाको दोश्रो बैठकमा सिद्धान्त र प्राथमिकतामा छलफल सुरू भएको हो । छलफलमा सुझाब राख्ने क्रममा प्रदेशसभा सदस्यहरूले महिलाका बारेमा बजेटको सिद्धान्त र प्राथमिकतामा नपरेकोमा आपत्ति जनाएका छन् ।प्रदेशसभा सदस्य सुशीला बुढाथोकीले महिलामाथि सुदूरपश्चिममै सबैभन्दा बढी उत्पीडन ह