काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन्। पचली टिभीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘उस्तै परे आजै मन्त्रीपरिषद्ले पूर्णता पाउँछ। आजै शपथ ग्रहण हुन्छ होला।’ प्रचण्डले यसअघि पनि नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सोमबार नै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका थिए। पार्टीको तर्फबाट सबै क्षेत्रलाई समेटेर अगाडि बढाएको समेत बताए। प्रचण्डले भने, ‘हाम्रो