पूर्णता नदिएरै माओवादी केन्द्रले बनायो ३२ विभाग, स्कूलमा प्रचण्ड [सूचीसहित]

नेकपा (माओवादी केन्द्र)ले पूर्णता नदिई ३२ वटा विभाग गठन गरेको छ । खाली रहेको विभागलाई पूर्णता दिने अधिकार भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् ।  विभागबाहेक माओवादी केन्द्रले नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको छ । तर, प्रतिष्ठानमा प्रमुख र उप्रमुखसहित १५ सदस्य नियुक्त गर्न बाँकी छ ।  पार्टी स्कुल विभागको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैंले राखेका छन् भने यसको उपप्रमुखमा गिरिराजमणि पोखरेल चयन भएका छन् ।  पुस्तकालय तथा अभिलेख विभागको नेतृत्व नारायण शर्माले पाएका छन् भने उपप्रमुख र १२ जना सदस्य अझै त...