तमोर करिडोको ट्र्याक खाेल्ने काम ८ महिनादेखि रोकियो

ताप्लेजुङ – चीनको तिब्बत जोड्ने तमोर करिडोर अन्तर्गतकाे दोभान ओलाङ्चुङ्गोला सडक निर्माण काम आठ महिनादेखि राेकिएकाे छ । वन क्षेत्रको प्रयोग गर्न गएको वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिए पनि अहिलेसम्म कार्यान्वयनमा आउन नसक्दा सडकको काम रोकिएको हो ।  सडक निर्माणका लागि वन क्षेत्र प्रयोग गर्दा पालना गर्नुपर्ने सर्तका कारण सडकको काम रोकिएको उत्तर–दक्षिण (मुलघाट दोभान ओलाङचुङगोला) सडक योजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो । पालना गर्नुपर्ने सर्त अन्तर्गत ३१ दशमलव १७४ हेक्टर क्षे...

सम्बन्धित सामग्री

दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण रोकियो

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो । विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिटको सुरुङमार्ग खन्न थालिएको मालिका– ६ गोचाखोला […]

राष्ट्रिय गौरवको बबई आयोजनाको काम बजेट अभावमा रोकियो

राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना चालु आर्थिक वर्षमा पुँजीगत बजेटको अभावमा एक महिनादेखि निर्माण व्यवसायीले भुक्तानी नपाउँदा काम रोकिएको छ । निर्माण व्यवसायीले रनिङ बिल पेस गरे पनि करिब ३५ करोड रुपैयाँ भुक्तानी दिन नसक्दा काम रोकिएको आयोजनाले जनाएको छ ।

भूकम्पमा दिवंगतको नाम नभेटिँदा रोकियो स्मृति पार्कको काम

२०७२ वैशाख १२ को भूकम्पमा ज्यान गुमाएकाको नाम प्राप्त नहुँदा भूकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माणाधीन भूकम्प स्मृति पार्कको काम ८ महिनादेखि रोकिएको छ ।

रेजिरेन्ट चिकित्सकको ५ महिनादेखि निर्वाह भत्ता रोकियो

२३ मंसिर, काठमाडौं। ‘तीन महिना भयो तलब पाएको छैन । विद्यार्थी भए पनि धेरै साथीको विवाह भइसकेको छ । त्यो सँगै परिवार तथा बालबालिकाको दायित्व थपिएको छ । बच्चाको फि कसरी तिर्न ? कसरी घर चलाउने ? दैनिक रुपमा काम गर्न गाह्रो भइसकेको छ,’ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रेजिडेन्ट डाक्टर (आवासीय चिकित्सक) अरुण उप्रेती […]

शिक्षामन्त्रीको स्वार्थअनुकूल नहुँदा पदाधिकारी नियुक्ति रोकियो

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको स्वार्थअनुसार नाम सिफारिस नभएपछि शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त हुन सकेका छैनन्। आयोगमा अध्यक्ष र दुई सदस्य गरी तीन पदाधिकारी नियुक्त हुन सकेका छैनन्। ६ महिनादेखि पदाधिकारीविहीन हुँदा आयोगका सबै काम ठप्प छन्।   यसको नकारात्मक असर विद्यालय शिक्षामा परेको छ। आयोगका निवर्तमान अध्यक्ष ताना गौतमको पाँच वर्षे कार्यकाल असोज १३ गते र सदस्यहरूको कार्यकाल २०७७ असारमै सकिएको थियो । आयोगमा अध्यक्ष, महिला सदस्य र पुरुष सदस्य एक/एक जना गरी तीनवटै पद रिक्त छन् । आयोगको विधा...

रसुवागढी सुक्खाबन्दरगाह : तीन महिना देखि रोकियो निर्माण

रसुवागढी नाकामा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माणको काम तीन महिनादेखि रोकिएको छ कोभिड–१९ विरुद्ध खोप लगाउन गएका कामदार नफर्केकाले काम सुचारु हुन नसकेको हो । खोप लगाउन गएका कर्मचारी तीन महिनादेखि नफर्केपछि काम सुचारु हुन नसकेको बनदरगाहका इन्जिनियर शोभाकान्त राउतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म बन्दरगाह निर्माणको १३ प्रतिशत काम सम्पन्न भएको छ ।

रोकियो ‘फ्लाइओभर’ को काम

आवश्यक अध्ययन र तयारीबिना ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माण थालिएको फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) को काम रोकिएको छ। निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभर निर्माण रोकिएको हो। निर्माणस्थलमा चक्रपथको कालोपत्रे उप्काइएको छ भने सडकबिचमा राखिएको विभाजक ‘डिभाइडर’ हटाइएको छ। यसैकारण पाँच महिनादेखि सो क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या आउएको छ तर अहिले त निर्माण रोकिएको छ। गत माघ २८ गतेदेखि सो फ्लाइओभर निर्माण सुरु गरिएको थियो।

सडकअवरुद्ध भएकाले जलविद्युतको सुरुङ खन्ने काम रोकियो

जाजरकोट :  बाढी पहिरोका कारण सडक भत्किएपछि नलगाड जलविद्युत आयोजनाको सुरुङ खन्ने काम रोकिएको छ। एक महिनादेखि आयोजनाको काम अवरुद्ध भएको हो। आयोजनाको सुरुङ निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ  आयोजनाको सुरुङ निर्माण स्थलमा लिने सडक नहुँदा काम रोकिएको छ। ३३२ मिटर लामो सुरुङ&...