दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण रोकियो

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो । विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिटको सुरुङमार्ग खन्न थालिएको मालिका– ६ गोचाखोला […]

सम्बन्धित सामग्री

कसैलाई खुशी पार्न बुढी गण्डकी आयोजना रोकियो, अब म प्रधानमन्त्री नभइ बन्दैन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढी गण्डकी जलविद्युत आयोजना अघि बढ्न आफू प्रधानमन्त्री हुनुपर्ने बताएका छन् । प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएको बेलामा निर्णय गरेर काम अघि बढेको बताए । अध्यक्ष ओलीले भने, ‘मेरो समयमा मैले बुढी गण्डकी निर्माण गर्ने भनेर अगाडि बढाइसकेको थिएँ, […]

ह्रास कट्टीमा सहमति नहुँदा मुआब्जा वितरण रोकियो

जाजरकोट– अर्थ मन्त्रालयले जाजरकोटमा निर्माण हुने ४१७ मेगावाटको नलगाड जलविद्युत आयोजना प्रभावितलाई ह्रास कट्टी नगरी घरको मुआब्जा दिन सहमति नदिँदा काममा विलम्ब हुँदै गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ह्रास कट्टी नगरी आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणलाई घरको मुआब्जा दिन अर्थ मन्त्रालयसँग सहमति मागेपछि अर्थले सहमति नदिँदा तीन वर्षदेखि ढिला हुँदै आएको हो । […]

लगानी जुटाउन नसक्दा रोकियो विद्युत आयोजना

दैलेखमा निर्माण भइरहेको २.१५ मेगावाटको अपर पराजुली जलविद्युत आयोजना लगानी अभावमा अलपत्र परेको छ।...

सोलु कोरिडोर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न, एक महीनाभित्रै सञ्चालनमा आउने

पुस १०, काठमाडौं । सोलु कोरिडोर - १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको रुट सार्न माग गर्दै उदयपुरको कटारी नगरपालिका—४ मरुवामा करीब दुई वर्षदेखि भएको अवरोध हटेर टावर खडा गर्ने र तार टाँग्ने काम शनिवार सकिएसँगै आयोजनाको निर्माण सम्पन्न भएको हो । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको तिलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३०२ ओटा छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न समस्या झेल्दै रुग्ण बनेको प्रसारण लाइनको निर्माण सम्पन्न भएकोले अब एक महीनाभित्रमा चार्ज गरी सञ्चालनमा ल्याइने बताए। ‘प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध भयो, अदालतले अन्तरिम आदेश दिंदा पनि काम रोकियो,प्राधिकरण र आयोजनाका कर्मचारीको निरन्तरतको प्रयास र अविचलित खटाइबाट निर्माण सम्पन्न भएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘प्रसारण लाइन चार्ज भएपछि एकातर्फ अब त्यस क्षेत्रमा निजी क्षेत्रका निर्माणाधीन आयोजनाहरुको विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने छ भने अर्कोतर्फ त्यस क्षेत्रमा विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ साथै विद्युत चुहावट पनि घट्ने छ ।’ सोलुखुम्बुको  तिलामा १३२/ ३३ र ३३/ ११ केभी सबस्टेसनको निर्माण सम्पन्न भई चार्ज भइसकेको छ । योसँगै सिराहाको लहानबाट विद्युत् लगेर त्यस क्षेत्रमा आपूर्ति हुँदै आएकोमा अब सोलु खोलामा उत्पादित विद्युत् स्थानीय रुपमा खपत गर्न प्रयोग गरिने छ । सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युतलाई सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय  ग्रीडमा  जोड्न सोलु कोरिडोर प्रसारण लाइनको निर्माण भइरहेको  हो । सोलु कोरिडोर प्रसारण लाइन आयोजना निर्माणमा धेरै  ठूला समस्या  र अवरोध सृजना भएको आयोजना प्रमुख जनार्दन गौतमले बताए। सबैको सहयोग र साथमा आयोजना निर्माण सम्पन्न गर्न सफल भएको पनि उनले बताए । प्रसारण लाइन सञ्चालनमा आएपछि २३ दशमलव ५ मेगावाटको सोलु खोला जलविद्युत् आयोजना जोडिने छ । यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ ओटा जलविद्युत आयोजनासँग ३२५ मेगावाट विद्युत् खरीदविक्री सम्झौता (पीपीए) गरेको छ ।   नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झण्डै दुई वर्ष ढिला शुरु भएको थियो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो ।

हिमपातले जलविद्युत आयोजनाको काम रोकियो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित निलगिरी खोलामा निर्माणाधिन जलविद्युत आयोजनाको निर्माण कार्य

सडकअवरुद्ध भएकाले जलविद्युतको सुरुङ खन्ने काम रोकियो

जाजरकोट :  बाढी पहिरोका कारण सडक भत्किएपछि नलगाड जलविद्युत आयोजनाको सुरुङ खन्ने काम रोकिएको छ। एक महिनादेखि आयोजनाको काम अवरुद्ध भएको हो। आयोजनाको सुरुङ निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ  आयोजनाको सुरुङ निर्माण स्थलमा लिने सडक नहुँदा काम रोकिएको छ। ३३२ मिटर लामो सुरुङ&...