सडकअवरुद्ध भएकाले जलविद्युतको सुरुङ खन्ने काम रोकियो

जाजरकोट :  बाढी पहिरोका कारण सडक भत्किएपछि नलगाड जलविद्युत आयोजनाको सुरुङ खन्ने काम रोकिएको छ। एक महिनादेखि आयोजनाको काम अवरुद्ध भएको हो। आयोजनाको सुरुङ निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ  आयोजनाको सुरुङ निर्माण स्थलमा लिने सडक नहुँदा काम रोकिएको छ। ३३२ मिटर लामो सुरुङ&...

सम्बन्धित सामग्री

लागत खर्च जुटाउन नसक्दा नसलुलाङ–गुर्जा सुरुङमार्गको प्रारम्भिक सर्वे रोकियो

फागुन २२, म्याग्दी । लागत खर्च जुटाउन नसकेपछि म्याग्दीको अति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङ मार्गको प्रारम्भिक सर्वेको काम रोकिएको छ । लुलाङको ओढादेखि गुर्जाको लट्टेवानसम्मको २ दशमलव ६ किलोमिटर सुरुङ मार्गका लागि रू. दुई अर्ब छ करोड लाग्ने र सो रकम जुटाउन सक्ने अवस्था नभएपछि प्रारम्भिक सर्वेको काम नै रोकिएको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष भकबहादुर छन्त्यालले बताए । ‘सुरुङ मार्गको सर्वे अत्यधिक लागतका कारण प्रक्रियामा नै लैजान नसकिँदा अहिले अवरुद्ध भएको छ, सुरुआती प्रक्रियामा मात्रै रू. साढे चार लाख खर्च भएको छ’, वडाअध्यक्ष छन्त्यालले भने ‘स्रोत जुटाउन नसक्ने अवस्था देखिएपछि सुरुङ मार्ग सर्वेको काम अगाडि बढाउन सकिएन, सुरुङ मार्ग यहाँका लागि अति महत्वपूर्ण भए पनि आर्थिक अभावका कारण योजनाबाट नै हटाउन बाध्य भयौं ।’  जिल्लाकै अति विकट गुर्जा गाउँमा सडक सञ्जालको विकल्पका रुपमा लिइएको सुरूङमार्गका बारेमा प्रदेश र संघीय सरकारमा समेत जानकारी गराइए पनि चासो नदेखाएको वडाध्यक्ष छन्त्यालले बताए । प्रारम्भिक सर्वेको जिम्मा पाएको स्टन्थ डललर्प प्रालिका इञ्जिनीयर कृष्ण गौतमको टोलीले पटक–पटक गरेको स्थलगत अनुगमनका आधारमा लुलाङदेखि गुर्जासम्मको पहाडमा भूकम्प र पहिराको सम्भावनासमेत रहेको बताएको थियो । फिजिविलिटी अध्ययनमा प्रस्तुत गरिएको लागतमा जलविद्युतको टनेलको आकारमा एक मिटरलाई सुरुङ बनाउन रू. १० लाख लागत लाग्ने देखिएको वडाध्यक्ष छन्त्यालले जानकारी दिए । तत्काल छिमेकी वडाबाट सडक विस्तार गर्न सकिने अवस्था नभएकाले वडाध्यक्ष छन्त्याल उक्त प्रस्तावलाई गाउँपालिकाबाट पारित गराइ प्रारम्भिक सर्वेको प्रक्रियाका लागि बजेटसमेत  विनियोजन गर्न सफल भएका थिए । गुर्जा सदरमुकाम बेनीबाट करीब २६ कोष टाढा रहेको छ । लुलाङबाट देउरालीको उकाली ओराली हुँदै गुर्जा पुग्न आठ घण्टा लाग्ने गर्छ ।  यस्तो दुर्गम ठाउँलाई सुरङ मार्गमार्फत करीब आधा घण्टाको दूरीमा जोड्न सकिने सम्भावना रहेको भए तापनि लगानीको अभावका कारणले हात झिक्नुपर्ने अवस्था आएकामा अध्यक्ष छन्त्यालले दुःख व्यक्त गरे । रासस

माथिल्लो तामाकोशी जलविद्युतको म्यानहोलबाट पानी चुहिएपछि परीक्षण रोकियो

जेठ ५, दोलखा । सुरुङ तथा पेनस्टक परीक्षणको क्रममा रहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको म्यानहोल( मानिस काम गर्न पेनस्टकमा पस्ने प्वाल) बाट पानी चुहिएको छ ।   सुरुङमा पानी पठाई करीब ६०० मिटरसम्म हेडमा पानी भर्दा म्यानहोलबाट पानी चुहिएको हो । म्यानहोलबाट पानी चुहिएपछि परीक्षण रोकी म्यानहोलहरुको मर्मत सम्भार कार्य भइरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए ।  तीन ओटा म्यानहोलको निरीक्षण तथा मर्मत सम्भार शुक्रवारसम्ममा सकिने प्रवक्ता न्यौपानेको भनाइ छ । म्यानहोल तथा गेटको निरिक्षण तथा मर्मत पश्चात आइतवारबाट सुरुङ तथा पेनस्टकमा पानी पठाई पुनः परीक्षण सुचारु गरिने आयोजनाले बताएको छ । सुरुङ तथा पेनस्टकमा पानी भर्ने काममा कुनै समस्या नआएमा जेठ अन्तिममा विद्युत् उत्पादनको परीक्षण गर्न सकिने प्रवक्ता न्यौपानेले बताए । आयोजनाको प्रसारण लाइन अन्तर्गत सिंगटीमा भाँचिएको टावरको निर्माण कार्य भइरहेको छ ।  यस्तै दोलखाको सहरेमा बाँकीरहेको मल्टिसर्किट टावरको निर्माण सकिई तार तान्ने चरणमा पुगेको छ ।   साथै रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेशनको सिभिल संरचनाको काम सकिई उपकरण जडान भइरहेकोमा भारतीय मजदूरहरुमा कोरोना संक्रमण पुष्टी भएकोले हाललाई काम बन्द भएको आयोजनाले बताएको छ । आयोजनाबाट उत्पादित् विजुली फुलासी सबस्टेशनको काम नसकिएपनि सिधै ढल्केवारसम्म प्रसारण गर्न सकिने विकल्प आयोजनासँग रहेको प्रवक्ता न्यौपानेले बताए ।  यस्तै रोलवालिङ डाइभर्सनको निर्माण प्रक्रिया पनि आगाडि बढाइएको छ । प्रारम्भमा छ ओटा युनिटमध्ये एक युनिटबाट ७६ मेगावाट(मेवा) उत्पादन गरिने छ भने पूर्ण क्षमतामा छ ओटै युनिटबाट विद्युत् उत्पादन हुँदा  ४५६ मेवा विद्युत् उत्पादन हुने छ ।  विसं २०६५ सालमा आयोजनाको निर्माण शुरु गर्दा निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । तर हाल आयोजना निर्माण सम्पन्न हुने समयसम्म आयोजनाको लागत करीब ८० अर्ब रुपैयाँ पुग्ने अनुमान छ । भुकम्प, नाकाबन्दी, कोरोना संक्रमण, भारतिय ठेकेदार कम्पनी टेक्सम्याकोले समयमै सामान ढुवानी नगर्नु तथा समयमा काम नसक्नु जस्ता कारणले  निर्माण अवधि लम्बिँदा ब्याज, मूल्य समायोजन, डलरको मुल्यमा भएको वृद्धि, प्रशासनिक खर्च आदिका कारण लागत वृद्धि भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको दाबी छ ।