भूकम्पमा दिवंगतको नाम नभेटिँदा रोकियो स्मृति पार्कको काम
२०७२ वैशाख १२ को भूकम्पमा ज्यान गुमाएकाको नाम प्राप्त नहुँदा भूकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माणाधीन भूकम्प स्मृति पार्कको काम ८ महिनादेखि रोकिएको छ ।
काठमाडौं । गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’लाई लिएर पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ । साहित्यकार पारिजातको उपन्यास ‘शिरिषको फूल’को चर्चित पात्रको नाम राखेकोमा समेत संस्थाले आपत्ति जनाएको छ । महासचिव दिलसुन्दर श्रेष्ठले जारी गरेको वक्तव्यमा सकम्बरी गीतको छायांकनको क्रममा अप्रांसगिक रुपमा शिरिषको फूल पुस्तकको प्रयोग गरिएको र गीति भिडियोमा प्रस्तुत पात्रको नाम सकम्बरी र […]
शंकर खनाल नाम अनुसारको काम र व्यवहार हाम्रो समाजमा देखिदैन । तर, केहि यस्ता पवित्र नामहरु पनि छन् । नामले जस्तो अर्थ राख्छ काम पनि त्यस्तै देखिन्छ । खासगरी नामले हाम्रो समाजमा केहि गर्न रोकेको चाँही हुँदैन । तर, केहि नाम यस्तो हुन्छ ठ्याक्कै नाम अनुसार व्यवहार उल्टो भईदिन्छ । तर, याथार्थमा केहि नाम यस्ता […]
काठमाडौं । ११ जना फिल्मकर्मीलाई नेपाली चलचित्रकर्मी स्मृति सम्मान २०७९ प्रदान गरिने भएको छ । बिहीबार आयोजित कार्यक्रममा चलचित्रकर्मी स्मृति सम्मान कोषले सम्मानित हुने व्यक्तिको नाम घोषणा गरेको हो । भुपेन्द्र विष्णु श्रेष्ठ प्रकाश थापा स्मृति निर्देशक सम्मान २०७९ बाट निर्देशक ज्ञानेन्द्र देउजालाई सम्मान प्रदान गरिने भएको छ । द्वारिकाप्रसाद उदय शिवशंकर मानन्धर अभिनेता सम्मान […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीमदत्तको नाम लिँदा काँग्रेसलाई सिरिङ्ङ हुने बताएका छन् । काँग्रेसले राजनीतिक स्वार्थका लागि आफ्नै पार्टीबाट बलिदान गरेका व्यक्तिलाई पनि शहीद नमानेको बताउँदै भीम दत्तको नामै लिन नचाहने बताए । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘भीमदत्त पन्तलाई काँग्रेसले शहीद […]
काठमाडौं । कुनै समय आम मानिसजस्तै पेशा र पारिवारिक जिम्मेवारीमा केन्द्रित काठमाडौं, बालुवाटारकी स्मृति पोखरेल ४ वर्षदेखि निरन्तर क्यान्सरपीडित बालबालिकाको जीवन बचाउने अभियानमा छन् । यस अवधिमा उनले क्यान्सर भएर जीवन र मृत्युको दोसाँधमा पुगेका ५० भन्दा धेरै बालबालिकालाई नयाँ जीवन दिएकी छन् ।
एउटा बच्चा बाँच्नु भनेको देशको भविष्य बाँच्नु हो भन्ने भावनाले काममा उत्साह थपिरहेको स्मृति बताउँछिन् । छँदाखाँदाको पेशा छाडेर स्मृति यता लाग्नुको छुट्टै कथा छ । एकपटक रातो बंगला फाउन्डेशनको कामले काभ्रे पुगेका बेला एउटा स्कूलमा एकजना अधबैंशे पुरूष आर्थिक सहयोग माग्दै रहेछन् । उनीबारे बुभ्mदै जाँदा ५ वर्षे छोरा शिशिर सरयूको आँखामा क्यान्सरको उपचार गर्न सहयोगको याचना गर्दै हिँडेको थाहा भयो ।
शिशिरको अवस्थाबाट भावुक बनेकी स्मृति उनका अभिभावकलाई केही आर्थिक सहयोग गर्न सक्ने आश्वासनसहित सम्पर्क नम्बर दिएर काठमाडौं फर्किन् ।
‘त्यसअघि बच्चालाई पनि क्यान्सर हुन्छ भन्ने मलाई थाहा थिएन्,’ उनी भन्छिन्, ‘काभ्रेबाट फर्केको ३ दिनसम्म शिशिरको अवस्था सम्झिएर निद्रा लागेन । शिशिरका लागि केही गर्नैपर्छ भन्ने भावना झन् बलियो हुँदै गयो ।’ केही दिनपछि शिशिरका बुबाले फोन गरेर छोरालाई उपचार गराउन कान्ति बाल अस्पताल ल्याएको जानकारी दिए ।
‘शिशिरलाई आर्थिक सहयोग गर्न कान्तिको अंकोलोजी वार्डमा पुग्दा दिमागै खलबलिने दृश्य देख्नुपर्यो,’ उनले भनिन् । त्यहाँका ३२ ओटा बेड २ महीनादेखि १६ वर्ष उमेर समूहका क्यान्सरपीडितले भरिएका थिए ।
‘अस्पतालको त्यो अवस्थाले मेरो मनमा निकै ठूलो झट्का दियो । अनि म उनीहरूलाई पनि सहयोग गर्ने अठोट गरेर फर्किएँ,’ स्मृतिले भनिन् । त्यो कुरा उनले नजिकका साथीभाइ, आफन्त र इस्टमित्रसँग पनि शेयर गरिन् । र, उनीहरूसँग सहयोग पनि माग्न थालिन् । ‘एक किसिमले मैले त्यस बेलादेखि नै एउटा अभियान शुरू गरिसकेकी रहेछु,’ स्मृतिले भनिन् ।
दर्जनौं क्यान्सरपीडितलाई नयाँ जीवन दिने काम सहजै र एक्लैले गर्न नसकिने बुझाइले स्मृतिलाई संस्था नै दर्ता गराएर काम अघि बढाउने निर्णयमा पुर्यायो । अनि रातो बंगला फाउन्डेशन र नेपाल इन्जिनीयरिङ कलेजको आकर्षक जागीर छाडेर क्यान्सरपीडित बालबालिकाको सेवामा लागेको स्मृति बताउँछिन् ।
उनको त्यो निर्णयमा साथ दिन आइपुगिन्– स्कूले जीवनदेखिकै मिल्ने साथी केसाइन डिकी लामा । लामा, स्मृति र अरू तीनजना डाक्टर ९विष्णु अधिकारी, सुधा बस्नेत र सुचारिता तुलाधर० मिलेर गत सेप्टेम्बरमा विश नेपाल फाउन्डेशन नामक क्यान्सरपीडित बालबालिकाको जीवन रक्षामा काम गर्ने संस्था शुरू गरेका छन् ।
संस्था दर्ता गर्नुअघि नै क्यान्सरपीडित बालबालिकाका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको अभिलेख स्मृतिसँग छ । उनको संस्थाले दुरुपयोग नहोस् भनेर डाक्टरको सल्लाहबमोजिम बिरामीलाई आर्थिक, खानपान तथा पोषणमा सहयोग गर्ने गरेको छ ।
यो कामबाट घरपरिवार र आफू निकै सन्तुष्ट रहेको उनी बताउँछिन् । ‘मेरो र संस्थाको पहिलो उद्देश्य क्यान्सरपीडित बालबालिकाको जीवन बचाउनु हो । बालबालिका बाँच्नु भनेको देशको भविष्य बाँच्नु हो । त्योभन्दा ठूलो आत्मसन्तुष्टि अरू के हुन सक्छ र,’ उनले भनिन् ।
दुर्गम गाउँका क्यान्सरपीडितका आफन्त र अभिभावकले आर्थिक अभावका कारण उपचारका क्रममा बिरामीलाई आवश्यक पर्ने पौष्टिक आहार पुर्याउन सकिरहेका हुँदैनन् । पौष्टिक आहार पुगेन भने क्यान्सरको उपचार पद्धति केमोथेरापीले प्रभावकारी काम गर्न सक्दैन । त्यसका लागि विश नेपाल फाउन्डेशनले डाक्टरको सल्लाह बमोजिम बिरामीलाई पौष्टिक तत्वका रूपमा महीनाभरि नै पिडिएसोर र थ्रेप्टिनको व्यवस्था गरेको छ ।
दुर्गमबाट आएका बिरामीलाई उपचार अवधिभर काठमाडौंमा बस्न पनि समस्या हुन्छ । उपचार पूरा नहुँदै फर्किनुपर्ने बाध्यताले कतिपय बालबालिका अकालमै ज्यान गुमाउन बाध्य हुन्छन् । यसलाई सम्बोधन गर्न फाउन्डेशनले उपचार अवधिभर बिरामी र अभिभावकलाई काठमाडौंमा बस्न मिल्ने गरी आवासको व्यवस्था गर्ने योजना बनाएको छ ।
स्मृतिले दार्जिलिङको माउन्ट हर्मोन स्कूलबाट १२ कक्षा, कोलकाताबाट उच्च शिक्षा र अमेरिकाबाट अन्तरराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेकी छन् । परोपकारी काममा लागेको धेरै नभए पनि हजुरआमाको प्रेरणाले सानैदेखि यस क्षेत्रमा काम गर्नुपर्छ भन्ने सोच चाहिँ रहेको उनको भनाइ छ । हजुरआमाले शिशु सेवा समिति नामको संस्था खोलेर बालबालिकाका क्षेत्रमा काम गरेको उनले सानैमा देखेकी थिइन् । ‘त्यसैको प्रेरणाले होला मलाई समाज सेवामा रुचि जागेको,’ कुराकानी टुंग्याउँदै गर्दा उनले भनिन् ।
५ असोज, बागलुङ । उद्यान उद्यानझैँ छैन भने बोर्डमा नाम मात्रै झुन्ड्याएर के गर्ने ? बागलुङको ‘मदन-आश्रित स्मृति उद्यान’छेउ उभिँदा जो कोहीको मनमा खेल्ने प्रश्न हो यो ।बागलुङ नगरपालिका-१ रामरेखास्थित सो उद्यानको नाम जति श्रद्धापूर्वक राखिएको छ, उति नै त्यसको संरक्षण र रेखदेखमा अनदेखा गरिएको छ । जीर्ण र फुङ्ग उडेको प्रवेशद्वार। माथिपट्टि मदनकुमार भण्डारी […]
काठमाण्डाै – नेकपा एमालेले पार्टी परित्याग गर्नेलाई निष्कासन गर्ने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बिहीवार भएको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गरी नयाँ दलमा गएका पार्टीका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले पार्टी परित्याग गरेकालाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिने बताउनुभयो । बैठकले यही भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको अनुमोदनसमेत गरेको छ । पार्टी परित्याग गरेका कसैले भुल मह...
ताप्लेजुङ : सुकेटार बिमानस्थलको नाम परिवर्तन गर्ने सरकारी निर्णय सच्याउन माग गर्दै फूङलिङ नगरपालिकाले केन्द्र सरकारसँग माग गरेको छ।सोमबार बसेको नगर कार्यपालिकाको ७० औं बैठकले सुकेटार बिमानस्थलको नाम परिवर्तन गरी रवीन्द्र अधिकारी नामाकरण गर्ने सरकारी निर्णय तत्काल सच्याउन ध्यानाकर्षण पठाउने निर्णय गरेको हो।फूङलिङ नगरपालिका–१० र ११ को गोरुजुरेमा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार भइसकेको रवीन्द्र स्मृति पार्कमा बजेटको व्यवस्था गरी काम सम्पन्न गर्ने प्रक्रियाकाबारेमा समेत केन्द्र स