रोकियो ‘फ्लाइओभर’ को काम

आवश्यक अध्ययन र तयारीबिना ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माण थालिएको फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) को काम रोकिएको छ। निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभर निर्माण रोकिएको हो। निर्माणस्थलमा चक्रपथको कालोपत्रे उप्काइएको छ भने सडकबिचमा राखिएको विभाजक ‘डिभाइडर’ हटाइएको छ। यसैकारण पाँच महिनादेखि सो क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या आउएको छ तर अहिले त निर्माण रोकिएको छ। गत माघ २८ गतेदेखि सो फ्लाइओभर निर्माण सुरु गरिएको थियो।

सम्बन्धित सामग्री

असी प्रतिशत काम सम्पन्न भएपछि सडकको बजेट रोकियो

चितवन, १७ साउन । भरतपुरको बसपार्कबाट आँपटारीसम्मको बाइपास सडक निर्माणको काम ८० प्रतिशत सम्पन्न भएपछि बजेट रोकिएको छ । बहुवर्षीय योजनाअन्तर्गत विसं २०७१/७२ देखि निर्माणको काम हुँदै आएको यो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएको हो । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार दुईवटा ठेक्कामा काम भइरहेको सो सडक निर्माणको […]

जग्गाको स्वामित्व नपाउँदा विमानस्थल निमार्णको काम रोकियो

कञ्चनपुर, २० मंसिर । कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माणको काम स्थगित भएको हो । विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ । उक्त क्षेत्रमा धावनमार्ग निर्माण अधुरै छ […]

रोकियो काठमाडौं महानगरपालिकाको भवन निर्माणको काम

काठमाडौं, असार २ । काठमाडौं महानगरपालिकाले भवन निर्माण गर्दा पाउने पहिलो किस्ता नदिएपछि काम रोकिएको छ। विशेष अदालतमा विचाराधीन मुद्दा नटुङ्गिएसम्म रकम उपलब्ध गराउँदा कानुनविपरीत हुने कानुनी राय दिएपछि रकम रोक्का भएको हो। ठेक्का दिँदा प्राविधिक मूल्याङ्कन समितिको राय सिफारिस गर्ने पाँच कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भएको मुद्दा किनारा नलागेसम्म रकम […]

रोकियो फास्ट ट्रयाकको सुरुङ खन्ने काम

काठमाडौं, जेठ २२ । निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ खन्ने काम रोकिएको छ । दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन दिएको हो । चिनियाँ ठेकेदारले सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आम्र्स जम्बो’ मेसिन नल्याई सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर पनि कमजोर रहेको पाइएपछि तत्काल […]

फास्ट ट्रयाकको सुरुङ खन्ने काम रोकियो

निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ खन्ने काम रोकिएको छ । दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन दिएको हो । चिनियाँ ठेकेदारले सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आम्र्स जम्बो’ मेसिन नल्याई सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर पनि कमजोर रहेको पाइएपछि तत्काल काम रोक्न निर्देशन दिइएको हो ।  नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण कम्पनीबाट अहिलेसम्म भएका सुरुङसँग

अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि कामपा मुख्यालय निर्माणको काम रोकियो

काठमाडौं, पुस ६। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका ५ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेपछि महानगरपालिकाको भवन निर्माणको काम रोकिएको छ । भवन निर्माणको ठेक्का दिने क्रममा गलत लिखत तयार गर्न आदेश दिएको भन्दै अख्तियारले ती ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले काम रोक्न आदेश नदिए पनि कामपा आफैंले काम रोकेको […]

रोकियो प्रशासनिक भवनको काम

खोटाङ–ठेकेदार कम्पनीले प्रयोगशालाको नक्कली प्रतिवेदन बनाएर बुझाएको खुलासा भएपछि ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको काम रोकिएको छ । ठेकेदार कम्पनी रुज–जगदम्बा–भुवनेश्वरी एन्ड बैभव जेभीका ठेकेदारले निर्माणाधीन प्रशासनिक भवनको पिलरको गुणस्तर परीक्षण गर्दा प्रयोगशालाको नक्कली प्रतिवेदन बनाएपछि गाउँपालिकाले पत्र पठाएर काम रोक्न लगाएको हो । ठेकेदार कम्पनीले निर्माणाधीन भवनको काममा लापरवाही गरेकाले गाउँपालिकाको तर्फबाट गत भदौ–१५ […]

सोलु करिडोरको काम रोकियो

सोलु, असार २७ । स्थानीयको सम्भावित अवराधबाट सुरक्षित हुँदै सुरक्षा फौज परिचालन गरेर सुरु गरिएको निर्माणाधीन सोलु करिडोरको विद्युत् विस्तारको काम स्थगित भएको छ। एक वर्षयता जग्गा विवादका कारण स्थानीयले अवरोध गरेको काम तीन दिनअघि करिडोर आयोजना कार्यालयले सुरक्षाकर्मी परिचालन गरेर सञ्चालन गरेपछि स्थानीयले कटारी नगरपालिकामा तालाबन्दी गरेका थिए। असार मसान्तको भुक्तानी चपेटाकै बेला नगरपालिकामा […]

लाइसेन्स छपाइको काम रोकियो

काठमाडौं । खाली कार्ड अभाव भएपछि यातायात व्यवस्था विभागले अत्यावश्यक बाहेकका स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम रोकेको छ । विभागले मङ्सिरपछि आवेदन दिइएका कार्ड छपाइको काम रोकेको हो ।मङ्सिरसम्मका कार्ड छपाएर यातायात कार्यालयमा पठाइसकेको विभागसँग अब ४० हजार थान मात्र खाली कार्ड बाँकी छन् । कार्ड सकिएपछि अत्यावश्यक बाहेकका कार्ड छपाइको काम रोकिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘पुराना बाँकी रहेका, विदेश जाने लगायत अत्यावश्यक परेका व्यक्तिलाई वितरण गर्ने गरी बा