लामो समयदेखि निर्यात रोकिएको रसुवागढी नाकाबाट चीन तर्फको निर्यात सुरू भएको छ । करिब ३५ महिनासम्म बन्द अवस्थामा रहेको भन्सार नाकाबाट हिजो मंगलबारदेखि निर्यात सुरू भएको हो । चिनियाँ पक्षले २०७६ साल माघदेखि चीन तर्फको निर्यात रोकेको थियो ।चीनले कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै आफ्नो तर्फको आयात रोक्दै नेपालतर्फ हुने निर्यातमा समेत कडाई गरेको थियो । हिजो मंगलबारदेखि निर्यात सुरू भएको भन्सार प्रमुख नारयण भण्डारीले बताए । निर्यातमा समेत कडाई गरेपछि २०७६ सालको लकडाउनको समयमा करोडौ रुपैयाँ ब