काठमाडौँ- कोरोना भाइरस (कोभिड-१९)का कारण बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने भएको छ। यद्यपि तातोपानी नाका खुल्नेबारे भने अझै अन्योल छ। चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालतर्फका नाका खोल्नेबारे राष्ट्रपतिलाई जानकारी गराएलगत्तै रसुवागढी नाका सञ्चालनको जानकारी चिनियाँ पक्षले गराएको रसुवा जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। जिल्ला प्रशासन स्रोतका अनुसार रसुवा नाकाबाट बिहीबारदेखि दैनिक […]