स्विडेन र फिनल्याण्ड नाटोमा आबद्ध भए आणविक हतियार तैनाथ गर्छौँ : रुस
रुसले स्विडेन र फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा सामेल भएमा रसियाले आणविक हतियार र हाइपरसोनिक मिसाइलहरू तैनाथ गर्ने चेतावनी दिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी दिमित्रि मेदभेदेवले यस्तो चेतावनी दिएका हुन्।
बुधबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आक्रमण भएको अवस्थामा ‘उपलब्ध सबै हतियार’ प्रयोग गर्ने चेतावनी दिँदै आंशिक परिचालनको आदेश दिए । पहिल्यै रेकर्ड गरिएको उक्त मन्तव्य–भाषणमा पुटिनले पश्चिमा देशलाई युक्रेनी...
रुस–युक्रेन युद्ध भएको ६ महिनाभन्दा बढी भइसक्यो युद्ध जारी छ । युक्रेनका एक शीर्ष जनरल भ्यालेरी जालुज्न्याकले आणविक हतियार प्रयोग गर्ने पुटिनको आदेशले हामीलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याउने चेतावनी दिएका छन् । यो चेतावनी यस्तो समयमा आएको हो जब पुटिनको सेना युद्धको मैदानमा निराश छ र हतियार र सेनाको अभावको सामना गरिरहेको छ। रुस युक्रेनलाई […]
लन्डन – बेलायतका लागि रुसी राजदूतले आफ्नो देशले युक्रेन विरुद्धको युद्धमा रणनीतिक आणविक हतियार प्रयोग गर्नेमा विश्वास नगर्ने बताएका छन् । राजदूत आन्द्रेई केलिनले रुसी सैन्य नियमअनुसार यस्ता हतियारहरु द्वन्द्वमा प्रयोग नहुने बताए । राज्यको अस्तित्व खतरामा आए मात्र त्यस्ता हतियार प्रयोग गर्न सकिने उलने बताए । ‘आणविक हतियारको हालको कारबाहीसँग कुनै सरोकार छैन’, उनले […]
रुस र युक्रेनबीच बढ्दो तनावमा धेरैले एउटै संशय गरिरहेका छन्, कतै दुई देशले एक अर्काविरुद्ध आणविक हतियारको प्रयोग त गर्दैनन् ? संशयको यो प्रश्न जुनसुकै दिन पनि व्यवहारमा देखिन सक्छ । संयुक्त राष्ट्रसङ्घका अनुसार, सन् २०२२ सम्म आइपुग्दा नौवटा देशसँंग करिब १३ हजार ८० वारहेड आणविक हतियार भएको अनुमान गरिएको छ । तीमध्ये सात हजारभन्दा बढी हतियार तयारी अवस्थामा राखिएका छन् र त्यसमा पनि दुई हजार त अत्यन्तै जोखिमको सूचीमा रहेका क्षेत्रमा छन् । सबैभन्दा धेरै आणविक हतियार रसियासँग रहेको छ भने उत्तर कोरिया र इजरायल आणविक हतियार हुने देशमध्ये अन्तिममा रहेका छन् ।
रिपोर्टर्स नेपाल, १६ फागुन । रुस विश्वको पहिलो ठूलो आणविक शक्ति भएको देश हो । मानव इतिहासमा सबैभन्दा शक्तिशाली आणविक हतियार परीक्षण गरेको देश पनि रुस नै हो । रुससँग कति संख्यामा आणविक हतियार छ भन्ने गोप्य राखिएको छ । तर, विश्वमा जति आणविक हतियार छ त्यसको आधा रुससँग रहेको अनुमान गरिएको छ । विश्वमा […]
युक्रेनका विषयमा पश्चिमसँग तनाव बढिरहेको बेलामा रुसले दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा आणविक हतियारहरू तैनाथ गर्ने योजना बनाइरहेको छ ।
रुसको कम्युनिस्ट पार्टीको आधिकारिक मुखपत्र प्राव्दामा हतियार तैनाथीका विषयमा मस्कोले छिट्टै निर्णय लिन सक्ने लेखिएको छ ।
केही दिनअघि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका थिए ।
रुसले भेनेजुएलामा आणविक हतियार, क्षेप्यास्त्र र सेना तैनाथी गरेमा अमेरिका मात्र नभई बेलायतको पनि समस्या बढ्न सक्छ ।
रुसले भेनेजुएला र...
नयाँ शीतयुद्ध शुरू भएको तथा महाशक्ति प्रतिस्पर्धाको युग आरम्भ भएको भाष्य निर्माण भइरहेको खतरनाक समयमा एउटा सुखद खबर सार्वजनिक भएको छ ।
सोमवार (३ जनवरी २०२१) आणविक शक्तिसम्पन्न पाँच मुलुकहरू अमेरिका, चीन, रुस, बेलायत र फ्रान्सले संयुक्त विज्ञप्ति प्रकाशन गरेर आणविक हतियारको विस्तारलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य मुलुकहरूको यस दुर्लभ संयुक्त विज्ञप्तिमा आणविक हतियार कुनै पनि विकल्पका रूपमा पटक्कै नरहेको स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘आणव...
अमेरिकाको आणविक हतियारको रेखदेख गर्ने संस्था यूएस स्ट्राटेजिक कमान्डका प्रमुख एड्मिरल चार्ल्स रिचर्डले चीन र रुसले अमेरिकाभन्दा छिटो आणविक हतियार र क्षमतालाई आधुनिकीकरण गरिरहेको चेतावनी दिएका छन् ।
मंगलवार संसद्को एक सुनुवाइमा उनले आणविक रक्षा तथा संरचनामा अमेरिकाले थप लगानी नगरेमा शत्रुहरूलाई अमेरिकाको डर नलाग्ने बताए ।
रुस परम्परागत आणविक क्षमता विकास तथा आधुनिकीकरणमा आक्रामक रूपमा संलग्न रहेको र लगभग ८० प्रतिशत काम सकेको भने अमेरिका शून्यको स्थितिमा रहेको उनले बताए ।
अनि चीनले आफ्नो आणविक क्षमत...