रुस र युक्रेनबीच बढ्दो तनावमा धेरैले एउटै संशय गरिरहेका छन्, कतै दुई देशले एक अर्काविरुद्ध आणविक हतियारको प्रयोग त गर्दैनन् ? संशयको यो प्रश्न जुनसुकै दिन पनि व्यवहारमा देखिन सक्छ । संयुक्त राष्ट्रसङ्घका अनुसार, सन् २०२२ सम्म आइपुग्दा नौवटा देशसँंग करिब १३ हजार ८० वारहेड आणविक हतियार भएको अनुमान गरिएको छ । तीमध्ये सात हजारभन्दा बढी हतियार तयारी अवस्थामा राखिएका छन् र त्यसमा पनि दुई हजार त अत्यन्तै जोखिमको सूचीमा रहेका क्षेत्रमा छन् । सबैभन्दा धेरै आणविक हतियार रसियासँग रहेको छ भने उत्तर कोरिया र इजरायल आणविक हतियार हुने देशमध्ये अन्तिममा रहेका छन् ।