तेह्रथुम । तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले संयुक्त कार्यक्रम गरी जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको हो । कार्यक्रममा स्थानीय खानाका परिकार, स्थानीय जातीय झाँकीहरुसमेत प्रदर्शन गरिएको थियो । लामो समयदेखि तेह्रथुममा उत्पादन भएको ढाका कपडा तेह्रथुमे ढाकाको रुपमा परिचित हुँदै आएको छ । […]