नेपाल वायुसेवा निगमको न्यारोवडी ए३२०, ९एन–एकेडब्लू जहाजका लागि एम/एस एमटीयू मेन्टेनेन्स लिज सर्भिसेस बी.भी कम्पनीको इन्जिन भाडामा लिने भएको छ । सोमबार एक सूचना जारी गर्दै निगमले गत जनवरी ९, २०२२ मा इन्जिन भाडाका लागि भएको ग्लोबल टेन्डरमा परेको दरखास्त मध्येबाट एमटीयू छनोटमा परेको र सोही कम्पनीको इन्जिन भाडामा लिने निर्णय भएको जनाएको हो ।गत २८ डिसेम्बर २०२१ मा नियमित उडानको क्रममा निगमको ९एन–एकेडब्लू जहाज कतारको दोहामा ग्राउन्डेड भएको थियो । सोही जहाजको मर्मतका लागि भएको पर