इन्जिन भाडामा लिएर उड्यो निगमको ग्राउन्डेड विमान

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको ग्राउन्डेड भएको न्यारो बडी ए–३२० विमानले शनिबारदेखि पुनःनियमित उडान सुरु गरेको छ । इन्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको सो विमान मर्मतपछि उडानयोग्य भएको थियो । निगमका अनुसार अहिले सो विमानको एउटा इन्जिन भाडामा लिएर उडानयोग्य बनाइएको हो । ग्राउन्डेड विमानले मर्मतपछि शनिबारदेखि […] The post इन्जिन भाडामा लिएर उड्यो निगमको ग्राउन्डेड विमान appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

दोहामा ग्राउन्डेड भएको निगमको न्यारो बडी जहाज नेपाल आयो

दुई महिनादेखि कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको न्यारो बडी विमान नेपाल ल्याइएको छ । गएको पुस १३ गतेदेखि बिग्रिएर ग्राउन्डेड भएको उक्त न्यारो बडी विमान भाडाको इन्जिन जडान गरेर दुई महिनापछि नेपाल ल्याइएको हो । निगमको न्यारोबडी ए ३२० विमान (एन–एकेडब्ल्यू) पुस महिनामा काठमाडौँ–दोहा नियमित उडानका क्रममा पार्किङ वेमा इन्जिनमा समस्या देखिएपछि ग्राउन्डेड रहेको थियो । उक्त न्यारो बडी नेपाल ल्याउन निगमले ग्लोबल टेन्डरमार्फत कम्पनी छनोट गरेर तीन महिनाको लागि भाडाको इन्जिन जडान गरेर नेपाल ल्याएको निगमले जनाएको छ । निगमले नेदरल्याण्ड्सको एमटियू मेन्टिनेन्स लिज सर्भिसेज बिभी कम्पनीमार्फत विमानको इन्जिन भाडामा लिएर जहाज नेपाल ल्याइएको बताइएको छ । दोहास्थित कतार एयरवेजका इञ्जिनीयरिङ टिमले विमानको बायाँतर्फको इन्जिनमा इन्टरनल डिफेक्ट पहिचान गरेर निगमलाई इन्जिन फेर्न सुझाएको थियो । इन्जिनको उत्पादनकर्ता डिडब्ल्यूरआइएईसँग निगम व्यवस्थापनले गरेको परामर्शपछि इन्जिन मर्मत गर्न सकिने अवस्था रहेकाले तीन महिनालाई इन्जिन भाडामा लिएर निगमले उक्त जहाज नेपाल ल्याइएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।

निगमको जहाज मर्मत गर्न ग्लोबल टेण्डर

नेपाल वायुसेवा निगमले कतारमा ग्राउण्डेड भएको विमानको इन्जिन भाडामा लिन ग्लोबल टेण्डर आह्वान गरेको छ ।कम्पनीको ‘नाइन एन–एकेडब्लु’ कलसाइन भएको ए ३२० विमान गत डिसेम्बरदेखि कतारको दोहोमा ग्राउण्डेड भएको छ । सो विमानको प्राविधिक परीक्षण प्रतिवदेनका आधारमा उडान योग्य बनाउनका लागि बायाँतर्फको इन्जिन फेर्नुपर्ने भएकाले सोका लागि ग्लोबल टेण्डर आह्वान गरेको निगमले जनाएको छ ।सो […]

दोहामा थन्किएको निगमको जहाज डेढ महिनापछि बल्ल मर्मत हुँदै

नेपाल वायुसेवा निगमको डेढ महिनादेखि दोहामा थन्किएको एक न्यारोबडी जहाज बल्ल आवश्यक मर्मत प्रक्रियामा लगिएको छ ।  जहाजको इन्जिनमा समस्या आएर थन्किएको यो जहाज उडाउन इन्जिन भाडामा लिने र बिग्रिएको इन्जिन मर्मत गर्न प्रक्रिया अगाडि बढेको निगमले जानकारी दिएको छ । निगमको ए ३२०–२०० नामक ९ एन–एकेडब्लु कलसाइनको सगरमाथा विमान  १३ पुसदेखि दोहामा थन्किएको छ ।  यो जहाज काठमाडौं–दोहाको उडान नम्बर आरए–२३ बाट नियमित उडानबाट कतार गएको थियो । उक्त जहाज अवतरणपछि पार्किङ गर्ने क्रममा विमान...

इन्जिन भाडामा लिर्दै वायूसेवा निगम

नेपाल वायूसेवा निगमले इन्जिन बनाउन समय लाग्ने भएपछि इन्जिन भाडामा लिएर विमान सञ्चालन गर्न तयारी गरेको छ ।इन्जिमा आएको खरावीका कारण गत मंगलबारदेखि दोहामा ग्राउन्डेड भएको निगमको न्यारोबाडी ३२० (नाइन एन एकेडब्लु)विमानको मर्मतको लागि समय लाग्ने भएपछि इन्जिन भाडामा लिने तयारी गरेको हो । “ग्राउन्डेड विमानको इन्जिन खोलेर मर्मतको गर्नु पर्ने देखिएको छ यसको लागि […]