नेपाल वायुसेवा निगमले एक महिनादेखि भारतको नयाँदिल्लीमा थन्किएको एउटा जहाज उडाउन अमेरिकी इन्जिन निर्माता कम्पनी ‘इन्टरनेसनल एरो इन्जिन’ (आइएई) सँग एकथान इन्जिन भाडामा लिने निर्णय गरेको छ । यसका लागि निगमले महिनाको १ लाख ५० हजार अमेरिकी डलर (१ करोड ५० लाख रुपैयाँ) तिर्ने सम्झौता गरेको छ।