नेपाल वायुसेवा निगमको डेढ महिनादेखि दोहामा थन्किएको एक न्यारोबडी जहाज बल्ल आवश्यक मर्मत प्रक्रियामा लगिएको छ ।
जहाजको इन्जिनमा समस्या आएर थन्किएको यो जहाज उडाउन इन्जिन भाडामा लिने र बिग्रिएको इन्जिन मर्मत गर्न प्रक्रिया अगाडि बढेको निगमले जानकारी दिएको छ ।
निगमको ए ३२०–२०० नामक ९ एन–एकेडब्लु कलसाइनको सगरमाथा विमान १३ पुसदेखि दोहामा थन्किएको छ ।
यो जहाज काठमाडौं–दोहाको उडान नम्बर आरए–२३ बाट नियमित उडानबाट कतार गएको थियो । उक्त जहाज अवतरणपछि पार्किङ गर्ने क्रममा विमान...