न्यारोबडी जहाजको एउटा इन्जिन बिग्रियो, भाडाको इन्जिन राखेर चलाउने तयारी

नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज ए–३२० को बाँयातर्फको इन्जिन फेर्नुपर्ने भएको छ ।गत पुस १३ गते काठमाडौँबाट कतारको दोहा पुगेको जहाज सुरक्षित अवतरणपछि पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । कतार एअरवेजका इन्जिनियरिङ टिमले निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा समस्या देखिएकाले इन्जिन फेर्नुपर्ने सुझाव दिएका हुन् ।जहाजलाई चाँडो उडानमा ल्याउन निगमले इन्जिन भाडामा लिन पुस २५ गते अन्तराष्ट्रिय आह्वान पत्र निकालेको थियो । इन्जिन भाडामा लिन कम्पनी छनोट गरेर काम अघि बढिरहेको निगमले जनाएको छ ।पुरानो इन्जिन मर्मतका लागि माघ १० गते अन्तराष्ट्रिय प्रस्ताव आह्वान गरिएको निगमले जनाएको छ । 

सम्बन्धित सामग्री

यी हुन् विश्वमा सर्वाधिक लोकप्रिय १० इन्टरनेट सर्च इन्जिन

इन्टरनेटको दुनियामा सर्च इन्जिनहरु ऋाम प्रयोगकर्ताको जिज्ञासा मेटाउने ज्ञान र सूचनाका भण्डार बनेका छन् । हामीले सर्च इन्जिन भन्ने बित्तिकै गुगललाई पर्यावाची जस्तै ठान्छौं । तर इन्टरनेटको दुनियाँमा केवल गुगल मात्रै एक्लो सर्च इन्जिन होइन । गुगल र बिंगका अलावा अन्य धेरै सर्च इन्जिनहरु पनि अस्तित्वमा छन्, जसको नाम तपाईंले खासै नसुन्नुभएको हुनसक्छ तर दैनिक […]

ग्राउन्डेड जहाजको इन्जिन मर्मत र भाडामा लिन एउटै कम्पनीसँग सम्झौता

नेपाल वायुसेवा निगम (नेवानि)को जहाजको इन्जिन तीन महिनामा बनाउन सकिने भए पनि सात महिना लगाउने इजरायली कम्पनीले फेरि अर्को इन्जिन मर्मतको जिम्मेवारी पाएको छ । निगम व्यवस्थापनले न्यारोबडी जहाजको इन्जिन मर्मत–ओभरहल...

जापानको रकेट इन्जिन परीक्षणको क्रममा विस्फोट

उत्तरपूर्वी जापानमा शुक्रबार परीक्षणको क्रममा एउटा रकेट इन्जिन विस्फोट भएको जापानी अन्तरिक्ष एजेन्सीले जनाएको छ । जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) र प्रहरीका अनुसार नोशिरो परीक्षण केन्द्रमा भएको ठूलो विस्फोटमा कोही पनि घाइते भएका छैनन् । धेरै मिडिया र अन्तरिक्ष उत्साहीहरू अनुसन्धान भवन बाहिर रकेट इन्जिन परीक्षण हेर्न भेला भएका थिए। जापानको अकिता प्रिफेक्चरको नोशिरो परीक्षण …

निगमले इन्जिन फेर्न इजरायल पठायो जहाज

काठमाडौँ । नेपाल वायु सेवा निगमले इन्जिन फेर्नका बिहीबार न्यारोबडी जहाज इजरायल पठाएको छ । ९ महिनाअघि मर्मतका लागि इन्जिन इजरायल पठाइएको थियो । बिहीबार त्यही इन्जिन फेर्नका लागि ‘सगरमाथा’ नाम दिइएको न्यारोबडी जहाज पठाइएको हो । ‘फेरि फ्लाइट’ गर्दै इजरायल पठाइएको जहाजको मध्य साउनमा बारोस्कोप इन्स्पेक्सन (जाँच) गर्दा दायाँ इन्जिनमा समस्या देखिएपछि काठमाडौँमा ग्राउन्डेड […]

एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव : संघ

नेपालमा  एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकोप्टरले  व्यावसायिक उडान भर्दै आएका छन् नेपाल वायुसेवा सञ्चालक संघले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन...

एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि २ पाइलट अनिवार्य गर्ने तयारी

१९ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक […]

इन्जिन फेल भएको भनिएको श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

काठमाडौं : काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एउटा जहाजको दुईमध्ये एक इन्जिन फेल भएको छ। इन्जिन फेल भएको जहाजलाई पुनः काठमाडौं फर्काएर सकुशल अवतरण गरिएको छ। बिहान काठमाडौंबाट उडेको क्यू-४०० सिरिजको जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमा सुरक्षित अवतरण गरिएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए। जहाजमा समस्या आएलगत्तै…

धनगढी उडेको जहाज इन्जिन फेल भएपछि आकस्मिक अवतरण

काठमाडौँ । श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको छ। बुधबार काठमाडौँबाट धनगढी उडेको जहाजको इन्जिन फेल भएपछि फेरि काठमाडौँमै अवतरण गरिएको विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए। उनका अनुसार जहाज सकुशल अवतरण भइसकेको छ। विस्तृत विवरण आउन भने बाँकी छ ।

वायुसेवा निगमको ९एन–एकेडब्लू जहाजका लागि एमटीयूको इन्जिन भाडामा लिने

नेपाल वायुसेवा निगमको न्यारोवडी ए३२०, ९एन–एकेडब्लू जहाजका लागि एम/एस एमटीयू मेन्टेनेन्स लिज सर्भिसेस बी.भी कम्पनीको इन्जिन भाडामा लिने भएको छ । सोमबार एक सूचना जारी गर्दै निगमले गत जनवरी ९, २०२२ मा इन्जिन भाडाका लागि भएको ग्लोबल टेन्डरमा परेको दरखास्त मध्येबाट एमटीयू छनोटमा परेको र सोही कम्पनीको इन्जिन भाडामा लिने निर्णय भएको जनाएको हो ।गत २८ डिसेम्बर २०२१ मा नियमित उडानको क्रममा निगमको  ९एन–एकेडब्लू जहाज कतारको दोहामा ग्राउन्डेड भएको थियो । सोही जहाजको मर्मतका लागि भएको पर

इन्जिन भाडामा लिर्दै वायूसेवा निगम

नेपाल वायूसेवा निगमले इन्जिन बनाउन समय लाग्ने भएपछि इन्जिन भाडामा लिएर विमान सञ्चालन गर्न तयारी गरेको छ ।इन्जिमा आएको खरावीका कारण गत मंगलबारदेखि दोहामा ग्राउन्डेड भएको निगमको न्यारोबाडी ३२० (नाइन एन एकेडब्लु)विमानको मर्मतको लागि समय लाग्ने भएपछि इन्जिन भाडामा लिने तयारी गरेको हो । “ग्राउन्डेड विमानको इन्जिन खोलेर मर्मतको गर्नु पर्ने देखिएको छ यसको लागि […]