सांग्रिला डेभलपमेण्ट बैंकको ५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

पुस २८, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ ।  बैंकले बुधवार सूचना जारी गरी कम्पनीका संस्थापक शेयरधनी रुपेश थापाको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जानकारी गराएको हो ।   नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्रथामिकता बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित गरेको ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा पुग्ने गरी निवेदन गर्न जानकारी गराएको छ ।   उक्त समयभित्रमा आवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्तिलाई विक्री गर्ने कम्पनीले जानकारी गराएको छ ।

सम्बन्धित सामग्री

सांग्रिला डेभलपमेण्ट बैंकको  २८ हजार ७८४ कित्ता संस्थापक शेयर विक्रीमा

भदौ ३०, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले दुई जना संस्थापक सदस्यहरुको नाममा रहेको कुल २८ हजार ७८४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।  कम्पनीले शोभा मिश्रले विक्री गर्न चाहेको ८ हजार कित्ता र शशी कार्कीले विक्री गर्न चाहेको २० हजार ७८४ कित्ता शेयर विक्रीको लागि ३५ दिने सूचना जारी गरेको हो ।  यो शेयर खरीदका लागि विद्यमान शेयरधनीहरुले मात्र ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्तिलाई यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

सांग्रिला डेभलपमेण्ट बैंकको २० हजार कित्ता संस्थापक शेयर विक्रीमा

भदौ १७, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको २० हजार कित्ता संस्थापक शेयर आज (बिहीवार) देखि विक्रीमा आएको छ । कम्पनीको संस्थापक शेयरधनी मधुसुदन शर्माको नाममा रहेको उक्त शेयर विक्री खुला गरिएको हो । उक्त शेयरको मूल्य भने तोकिएको छैन ।  कम्पनीले भदौ १७ गते ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र आवश्यक कागज प्रमाण्पत्र संलग्न गरी कम्पनीको केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौंमा के कति कित्ता शेयर खरीद गर्ने सो को व्योहोरा खुलाई रितपूर्वक निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त म्याद भित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति संस्थालाई विक्री गरिने समेत कम्पनीले जानकारी दिएको छ ।