कात्तिक ७, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले १९ हजार ८२७ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले आइतवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी शंकर ज्ञवालीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यायल, बालुवाटार, काठमाडौंमा के कती कित्ता शेयर खरीद गर्ने हो सोको व्यहोरा खुलाइ निवेदन पेश गर्न अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा उक्त शेयर अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।